देशमा जब कुनै समस्या आईलाग्छ र त्यो समस्या सँग देश जुझिरहेको हुँन्छ,जनता अक्रान्त हुँन्छन।छिमेकीले ठिक त्यहि मौका छोपेर अटेक गर्छ।उस्ले मौकामा चौका हिर्काउँन कहिले पछि परेन।
ईतिहाश लाई नियालेर हेर्नेहो भने चाहे देशमा चलेको गृहयुद्धको बेला हौश,भुईचालो आएको बेला हौश देशमा जुन सुकै प्राकृतिक प्रकोप आएको बेलामा पनि उस्ले कुनै न कुनै हत्कण्डा अपनाएको हुँन्छ।
अहिले को बर्षमा पनि उस्ले जति बेला कोरोना बाट देश थलापरेको छ उस्ले आफ्नो तयारी गर्दै आएकोछ।जुन सुकै जटिल अबस्था आईपरेको हुन्छ ठिक उस्ले तातेको फलाममा घन बझारेझैँ बजारेकैछ।ताकि आफ्नो दवाबमा आफ्ना एजैण्डाहरुलाई लागुगराउँन सकियोश।अहिले पनि उस्ले देशमा खुफिया एजेन्सी ‘रअ’प्रमुख सामन्तकुमार गोयल लाई पठायो उनि बिर बारको फर्किएकाछन।उनिफर्किए पछि मिडियाहरुले बिभिन्न खालका अड्कल वाजि गर्दै आएकाछन।उनि प्रधान मत्रि केपि शर्मा ओलि,प्रचण्ड र काँग्रेसाक नेताहरु सँग भेट भयको समाचार हरु सर्वत्र आएकाछन।
वास्तबिक रुपमा कुनैपनि देशका पदाधिकारी,वा जासुश आएर प्रधान मन्त्रि लाई भेट भएपछि उनिहरुको बिचमा भयको भेट बार्तालाई सार्वजनिक गर्नु पर्दथ्यो तर प्रधान मन्त्रिले त्यो गोप्य राख्दा झन संकाको बिषय भयकोछ।भारतका मिडियाहरुले पनि आ-आफ्नै खालका अड्कल बाझि गरेकाछन।कसैले ओलि झुकेनन पनि भनेकाछन भने कसैले ओली भारतको दवाबमा झुके जस्ले गर्दा बिवादित पुस्तिका लाई रोक लगाईयो समेत भनेकाछन।
लिपु लेख ,लिम्पियाधुरा र कालापनीको कतिपय भू-भागलाई नक्सामा समेटेर नक्सा निकालेपछि बिवाद बढेकोहो तर बिवाद भारतिय नक्सा निकालेपछि जस्ले कालापानीको भू-भागलाई आफ्नो नक्सामा समाबेस गरेपछिनै बिबाद सुरु भयको थियो।
भारतले बिस्तारै नेपाल लाई सिक्किम जस्तै बनाउँने योजना उस्ले आफ्नो आजादी पछि गर्दै आएको कुरा कसैबाट पनि लुकेकोछैन।तर नेपाली जनताले गरेको लगातार बिरोधले गर्दा त्यो गुणात्मक सफल हुँन सकेको पनि छैन।तर उस्ले मात्रात्मक सफलता पाउँदै आएको पनि छ उस्लाई सबै भन्दा बढि सफलता पछिल्लो दिनमा संघियता प्रमुख सफलताको रुपमा मान्नु पर्दछ।जसलाई नेपाली जनताले कुनै काल खण्डमा मागको रुपमा उठाएनन तर यो मदेशी समूदायका गजेन्द्र नारायणले पहिलो पटक उठाएका हुँन।जसको नेपाली जनता र देशको हितमा यो संघियता हुँनै सक्दैन भन्ने प्रत्यक्षा रुपमा हामि सबैको सामुन्ने छर्लङ्गै भयकोछ।जस्ले क्षेत्रिय आधारमा जनताहरु लाई टुक्राउँछ,यो क्रम रोकिनेवाला छैन।अहिले राज धानीको लागि लडाई चल्दैछ।तर भोलीका दिनहरुमा यो चुनावी एजेण्डानै हुँनेछ।कहिले आर्थिक अबस्था डामाडोल भयकोछ।नौवटा संसद आठौटा सरकार,आठौटा राजधानी र त्यहि अनुपातको खर्च आया श्रोत रेमिटेन्सी, र जनताबाट प्राप्त कर को सेवाए अरू केहिछैन।शान्ति र संघियता एक आर्काका बिरोधी हुँन।जँहा संघियता हुँन्छ त्यँहा शान्ति हुँनै सक्दैन।
हाम्रो छिमेकीले जब हामिले२०२७मा अर्निकाको बाटो खोल्दा नाका बन्दि गय्रो।त्यसको नियति पर्खिएका राज बिरेन्दरले आफ्नो राज्यरोहणकै समय २०३१मा देशलाई शान्ति क्षेत्र घोसित गराए तर भारतले त्यो समर्थन गरेन।देशमा राज तन्त्रको बिरुद्धाम गृहयुद्ध चल्दै थियो ठिक त्यहि मौका छोपेर २०४५सालमा फेरी पारगमन सन्धि र ब्यापार सन्धिलाई एउटै तराजुमा जोख्ने अत्तो थापेर देशया १३मैना लामू आर्थिक नाका बन्दि लगायो।देशमा २००८देखि सम्विधान सभाको माग देशका जनताले गर्दै आएका थिए जो लामू ऐतिहाशिक शंघर्ष पछि दोश्रो पटको सम्बिधान सभाको चुनाउले सम्बिधान निर्माण गर्न सफल भयो त्यो पनि छिमेकि लाई सहन भैन।यद्यापी यो सम्बिधानले देशका जनताहरुको माग पुरा गर्न सकेको छैन तर पनि यसमा प्रज्वलित केही जनधिकार जो गणतन्त्र र धर्म निरपक्षियता हो त्यो पनि धरापमा पर्दैछ।संघियता जस्तो बिवादित बिषय लाई जबर्जस्ति घुसाईएकोछ।यो सम्बिधान आएपछि पनि छिमेकीले फेरी नाका बन्दि लगायो।त्यो बेला देशमा भुईचाला महा बिनासकारी प्राकृतिक प्रकोपले देशका जनताहरु ससङ्कित थिए।त्यस्तो अबस्थामा पनि उस्ले जनतालाई दुःख दियो।अहिले फेरी देशमा कोरोनाले गर्दा जनताहरुमा खौफ श्रृजित भयकोछ ठिक त्यहि बेला कालापानी को भूभाग आफ्नो नक्सामा सामिल गरायो र जब हामिले त्यो भुभागलाई समाबेस गरेर नक्सा निकाल्यौ त्यहि मुद्धा उठाएर अहिलेपनि उस्ले नयाँ नया प्रकारले दवाब बनाउँदै आएकोछ।अहिले फेरी भारतिय गुप्तचर एजेन्सि ‘रअ’प्रमुख नेपाल आएर फर्किएकाछन।तर कारण केहो?त्यस्को सत्य र तथ्य खुलेकोछैन भन्नलाई त १८कार्तिकमा भारतिए सैन प्रमुख मनोज मुकन्द नरवाणेको नेपाल भ्रमणलाई लिएर तयारीको क्रममा गोयल आएको जनाएका छन।प्रम केपि ओली,नेकपा अध्यक्षा प्रचण्ड,मादब नेपाल,काग्रेस सभापति शेरबहादुर देउपा,महन्त ठाकुर लगायतका नेताहरु भेट भयको भनिन्छ।
देशमा छिमेकिको चहलपहल बढ्दै गयकोछ वास्तबमा हाम्रो देश आत्मनिरभर नहुँदा र बिदेशले दिएर खाने नेताको बानि बसेको पनिछ।भारत र नेपालको पहलमा भयका कयौँ योजना र उद्धोगहरु कयौ ब्यबस्थितरुपमा सुचारु अहिले पनि छैनन्।
सन१९९२मा मुक्तिनाथ गेष्टहाउश(मुस्ताङ्ग-जिल्ला)पाँच करोड खर्च भयको।सप्तरीमा राज बिराजको महिन्द्रेस्वर बहुमुखी क्याम्पस कन्या छात्रबास निर्माण भएको पनि दश बर्ष भयो जसमा ५६कोठाको छात्रबास हाल हम्म सञ्चालनमै आएको छैन।भनिन्छ भारतले एक करोड ९६लाख दिनु पर्नेमा एक करोड६२लाख मात्रै दिएकोछ।तर निर्माण गर्दा दुई करोड बढी खर्च भयको भनिन्छ।जनक पुरमा रेल सञ्चालनमा अँझैपनि आएकोछैन।जस्को पूरवधार पुरा भएकोपनि धेरै भयो भनेर भन्निन्छ।पसु पति मैत्रि धर्मशाला भारतले नेपाललाई हस्तानतरण गरेको पनि दुई बर्ष बित्यो जस्लाई सञ्चालन गर्न नसकेर नीजि क्षेत्रलाई दशबर्षलाई भाडामा दिएर उस्ले होटेल चलाएकोछ भन्निन्छ,जस्मा ८०कोठाछन।२०१८मा मोदीले नेपाल भ्रमणको द्वौरानमा उदघाटन गरेको जनकपुर अयोध्या बस सेवापनि बन्द भयकोछ भनिन्छ।यस्ता कयौँ साना ठुला योजनाहरु निर्मणाभयरपनि सञ्चालन हुँन सकेका छैनन।
यो थोरै उदारण दिनुको पछाडिको एउटा कारण यो हो हामिले एकातिर आफ्नो देशलाई स्वतन्त्र राख्न चाहान्छौँ आर्का तिर बिदेशी सँग हार गुहार गर्छौँ।जस्ले देशको स्वातन्त्र अस्तित्व मा प्रश्न चिन्ह लाग्छ।देशमा बिकास गर्नलाई देशको आफ्नै प्रकारको आर्थिक श्रोत मा स-साना उद्धोग खोलेर देशलाई आत्मनिर्भर बनाउँने तिर हाम्रो ध्यान जानुको सट्टा हामिले कहिले बिप्पा,कहिले एमसिसि जस्ता राष्टघाती सहयोग लाई आए हुँन्थ्यो भन्दै आँ गर्दा आएकालेनै आजको यो अबस्था श्रृजित भयकोछ।असमान सन्धि र सम्झौता गर्दै देशलाई परनिर्भर र जनतालाई आर्काको कमारो बनाउँदै आएकाले आज एका तिर देश फिजि बन्दैछ अर्को तिर जनता बिदेशको गुलाम बनेकाछन। हाम्रो यहि कमि कम्जोरीको फाईदा छिमेकीले उठाएर मौकामा चौका हान्दै आएको छ।