शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • फुटबल
  • रियल मड्रिड बराबरीमा रोकियो

रियल मड्रिड बराबरीमा रोकियो

  • बुधबार, कार्तिक १२, २०७७
रियल मड्रिड बराबरीमा रोकियो

एजेन्सी- च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड बराबरीमा रोकिएको छ ।

समूह बी अन्तर्गत मंगलबार राति भएको खेलमा रियल मड्रिड बोरुसिया मोनचेङ्गग्लाडवाचसँग बराबरीमा रोकिएको हो । समूहको पहिलो खेलमा पराजित भएको रियल मड्रिड मंगलबार राति अवे मैदानमा भएको खेलमा बोरुसियासँग २-२ को बराबरीमा रोकिएको हो ।

दुई गोलले पछि परेको अवस्थाबाट रियल मड्रिड अन्तिम समयमा बराबरीको अवस्थामा पुगेको थियो ।

घरेलु टोली बोरुसियाका लागि ३३ र ५८औँ मिनेटमा मार्कस थुरामले गोल गरेका हुन् । १३ पटकको च्याम्पियन रियल मड्रिडका लागि ८७औँ मिनेटमा करिम बेन्जिमाले एक गोल फर्काए ।

इन्जुरी समयको तेस्रो अर्थात ९३औँ मिनेटमा कासेमिरोले गोल गरेर टोलीलाई हारबाट जोगाए । बेन्जिमाको गोलका लागि सहयोग गरेका कासेमिरोलाई गोलका लागि सर्जियो रामोसले सहयोग गरेका हुन् । बराबरीपछि रियल मड्रिडले एक अंक जोडेको छ । चार अंकसहित बोरुसिया समूहको शीर्ष स्थानमा छ ।

चर्चामा

सम्बन्धित समाचार