शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • अछाममा धारिलो हतियार प्रहार गरी युवकको हत्या, १ जनाको अवस्था गम्भीर

अछाममा धारिलो हतियार प्रहार गरी युवकको हत्या, १ जनाको अवस्था गम्भीर

  • मङ्लबार, कार्तिक ११, २०७७
अछाममा धारिलो हतियार प्रहार गरी युवकको हत्या, १ जनाको अवस्था गम्भीर

छाममा धारिलो हतियार प्रहार गरी युवकको हत्या गरिएको छ । जिल्लाको ढकारी गाउँपालिका वडा नम्बर ३ गढीहाले बजार नजिकै धारिलो हतियार प्रहार गरी २० वर्षीय देवेन्द्र थापाको हत्या भएको छ भने अर्का १६ वर्षीय रुद्र थापा घाईते भएका छन् ।

मंगलबार बिहान गढीहाले बजार नजिकै हत्या गरेको अवस्थामा २० वर्षीय थापाको शव फेला परेको ढकारी गाउँपालिका ३ का अध्यक्ष महादेव बुढाले बताए । उनको शरीरमा धारिलो हतियार प्रहार गरेको देखिएको बुढाले बताए ।

यस्तै गम्भीर घाइते अवस्थामा भेटिएका १६ वर्षीय रुद्र थापालाई थप उपचारका लागि कोहलपुर पठाइएको छ । मृतकको शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ । यस्तै हत्यामा संलग्न भएको आशंकामा प्रहरीले १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ढकारी गाउँपालिकाकै नरेन्द्र बहादुर बुढा रहेको छन् ।

जिल्ला प्रहरी कार्यालयले बुढालाई हत्यामा संलग्न भएको आशंकामा पक्राउ गरी अनुसन्धान भइरहेको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार