शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • यौन स्वास्थ्य
  • सुखमय यौन जीवनका लागि ………………..।

सुखमय यौन जीवनका लागि ………………..।

  • मङ्लबार, कार्तिक ११, २०७७
सुखमय यौन जीवनका लागि ………………..।

दम्पतीबीच हुने यौन क्रियाले उनीहरुको भावनात्मक सम्बन्ध कसिलो मात्र बनाउँदैन, शारीरिक स्वास्थ्यमा समेत फाइदा गर्छ । विभिन्न अध्ययनहरुको निचोड यस्तै छ ।

तर, यसमा केही सर्त छन् । जथाभावी वा जुनसुकै अवस्थामा गरिने यौन क्रियाबाट दम्पतीले यस्तो लाभ उठाउन सक्दैनन् । यसका लागि सही समय, स्थान, मौहाल, मुड सबै कुरा आवश्यक हुन्छ ।

शारीरिक सम्बन्ध बनाउनु र त्यसबाट चरोमत्कर्षमा पुग्नु फरक कुरा हुन् । शारीरिक सम्बन्धबाट दम्पतीहरु तृप्त हुन चाहन्छन् । यद्यपी कतिपय अवस्थामा शारीरिक सम्बन्धले त्यस किसिमको सन्तुष्ट दिदैन । हतार, भय, प्रतिकुलता, खराब मुडामा बनाइएको शारीरिक सम्बन्ध त्यती राम्रो हुँदैन ।

कतिपय अवस्थामा गरिने शारीरिक सम्बन्धले नराम्रो नतिजा पनि दिन सक्छ । किनभने यसका लागि दुबै जना उत्तिकै उत्सुक र सक्रिय हुनुपर्छ । शारीरिक र भावनात्मक दुबै रुपले तयार हुनुपर्छ ।

त्यसैले कोहीपनि चाहँदैनन् कि आफ्नो शारीरिक सम्बन्धले खराब स्थिती पैदा होस् । यस किसिमको यौन सम्बन्धले दम्पतीको यौन जीवन खल्लो बनाइदिन सक्छ ।

खासमा मान्छेमा कामवासनाको स्तर अलग अलग हुन्छ । यसका साथै यौन सम्बन्धमा समयले पनि भूमिका खेल्छ । अर्थात कुन समयमा तपाईं शारीरिक सम्बन्ध बनाउँदै हुनुहुन्छ ? त्यसले तपाईंको यौन सन्तुष्टिमा प्रभाव पार्छ ।

कतिपय दम्पती मध्यरात वा घर परिवारका सबैजना सुतिसकेपछि यौन सम्बन्ध बनाउनका लागि अनुकुल समय ठान्छन् । जस्तो कि, रातको ९ बजे । वा १० बजे । यद्यपी यो समय नै आफुलाई अनुकल लाग्छ भने एकपटक सोच्नुपर्ने हुन्छ । केही अध्ययनबाट थाहा भएको कि उक्त समय सयनमा सुखद पल महसुष गर्नका लागि अनुकल हुँदैन ।

के भन्छ अध्ययन ?

फ्रन्टियर्स इन साइकोलोजी गरेको अध्ययनमा पाइयो कि युकेका धेरैजसो दम्पती रातको ९ बजेदेखि १ बजेसम्मको समयमा शारीरिक सम्बन्ध बनाउँछन् । यी दम्पतीले जब पोल सर्वेमा भाग लिए तब थाहा भयो कि उनीहरुले यौनमा पूर्ण सन्तुष्टि हासिल गर्न सकेकै थिएनन् । ४० प्रतिशतभन्दा कम दम्पतीले राम्ररी यौन सुखभोग गर्न पाएका थिएनन् । कतिपय दम्पतीको अनुभवमा राती यौन सम्बन्ध बनाउनु दिउसोको समयमा काम गर्नु जस्तै लाग्ने भएकाले त्यसबाट चरम आनन्द लिन सकिएन ।

यसको पछाडि के कारण छ त ?

रातको समय शारीरिक विश्रामको समय हो । यतिबेला हाम्रो शरीर मर्मत कार्यमा लागेको हुन्छ, ताकि भोलिको दिनमा आफुलाई तयार राख्न सकौं । त्यसैगरी यौनका लागि हाइ इनर्जी जरुरी हुन्छ, ताकि पर्फमेन्स राम्रो हुन सकोस् ।

के हो कारण ?

मान्छेको बडी क्लक र यौन सम्पर्क गर्नुसँग सम्बन्ध जोडिएको छ । खासगरी यसले हर्मोन र उत्तेजनामा प्रभाव पार्छ । दिनभरको श्रम, थकानपछि रातको समयमा शरीर तनावमुक्त रहनका लागि विश्रामको जरुरत हुन्छ । त्यसैले शरीरले विश्राम खोजिरहेको बेला यौन सम्पर्क गर्दा त्यसबाट पूर्ण सन्तुष्टी प्राप्त गर्न सकिदैन ।

के हो त यसको विकल्प ?

अतिरिक्त काम गर्नका लागि शरीरलाई उर्जा आवश्यक हुन्छ, ठिक त्यसैगरी सक्रिय यौन जीवनका लागि शरीरमा इनर्जी लेभल राम्रो हुनुपर्छ । त्यसैले बिहानको समयमा यौन सम्बन्ध बनाउनु बढी उपयुक्त हुन्छ । बिहानको समयमा बनाइने शारीरिक सम्बन्ध राम्रो मात्र हुँदैन, यसले पूर्ण सन्तुष्टि पनि दिलाउँछ । राती तपाईं निद्राको अवस्थामा हुनुहुन्छ, तब पनि शरीरलाई सक्रिय गराउनुहुन्छ । जबकी यतिबेला शरीरले दिनभर खर्चेको उर्जा सञ्चय गर्ने र मर्मत गर्ने काम गरिरहेको हुन्छ । यस्तो अवस्थामा शारीरिक सम्बन्ध बनाउनु भन्दा बिहानको समयमा शारीरिक सम्बन्ध बनाउन धेरै उत्तम हुन्छ ।

चर्चामा

सम्बन्धित समाचार