शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • क्रिकेट
  • आईपीएलका दुई खेल : कोलकत्ता र पञ्जाबको जित, दिल्ली र हैदराबाद पराजित

आईपीएलका दुई खेल : कोलकत्ता र पञ्जाबको जित, दिल्ली र हैदराबाद पराजित

  • आइतवार, कार्तिक ९, २०७७
आईपीएलका दुई खेल : कोलकत्ता र पञ्जाबको जित, दिल्ली र हैदराबाद पराजित

एजेन्सी : इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार भएका दुई खेलमा कोलकत्ता नाइट राईडर्स र किङ्स इलाभेन पञ्जाब विजयी भएका छन् । कोलकत्ताले दिल्लीलाई पराजित गरेको हो भने पञ्जाबले नराइजर्स हैदराबादलाई पराजित गरेको हो

शनिबार भएको पहिलो खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछाने आबद्द टिम दिल्ली ५९ रनले पराजित भएको हो ।

टस हारेर पहिलो ब्याटिङ गरेको कोलकाताले दिएको १९५ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको दिल्ली १३५ रनमा समेटियो । उसले २० ओभरमा ९ विकेट गुमाउँदै १३५ रन बनाएको हो ।

दिल्लीका लागि कप्तान श्रेयस एयर ४७, ऋषब पन्त २७, शिम्रन हिटमायरले १० रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । कोलकाताका भरुण चक्रवर्तीले दिल्लीका ५ विकेट झारे भने पाट कुमिन्स ३ र लक्की फर्गुसनले १ विकेट हात पारे ।

कोलकाताका लागि नितेश रानाले ८१ रन बनाए भने सुनिल नारिनले ६४ रन जोडे । रानाले ५३ बलमा ८१ रन बनाएका थिए भने नारिनले ३२ बलमा ६४ जोडेका हुन् । यी दुई ब्याट्सम्यानले ११५ रनको साझेदारी गरे ।

कोलकत्ताका लागि अन्य ब्याट्सम्यानले भने उल्लेख्य प्रदर्शन गरेनन् । दिल्लीका मार्कुस स्टोनिस, एनरिच नोर्टजे र कागिसो राबडाले २/२ विकेट हात पारे ।

यो हारसँगै दिल्लीले शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । ११ खेलमा १४ अंक जोडेको दिल्ली तालिकाको दोस्रो स्थानमा छ ।

त्यसैगरी शनिबार साँझ भएको अर्को खेलमा पन्जाबले हैदराबादलाई पराजित गरेको छ ।

टस हारेर पहिलो ब्याटिङ गरेको पन्जाबले दिएको १२७ रनको लक्ष्य भेट्न नसक्दा हैदरावाद पराजित भएको हो । १९ ओभर ५ बलमा अलआउट हुँदै हैदराबादले ११४ रन मात्र जोड्न सक्यो ।

 

हैदराबादका लागि कप्तान डेभिड वार्नरले ३५, विजय शंकर २६, जोनी बेयरस्टो १९ रनमा समेटिँदा मनिस पाण्डेले १५ रन बनाए । पन्जाबका क्रिस जोर्डन र अश्रदिप सिंहले ३/३ विकेट लिए भने मोहमद शामी, मुरुगान आश्विन र रवि बोश्नोईले १/१ विकेट लिए ।

पन्जाबका लागि निकोलस पुरन ३२, कप्तान केएल राहुल २७, क्रिस गेल २०, सन्दिप सिंहले १७ रन बनाउँदा ग्लेन म्याक्सवेलले १२ रन जोडे । हैदराबादका रासिद खान, सन्दीप शर्मा र जासन होल्डरले २/२ विकेट लिए ।

यो जितसँगै पन्जाबले ११ खेलमा १० अंक जोडेको छ । तालिकाको छैटौं स्थानमा रहेको हैदराबादले ११ खेलमा ८ अंक जोडेको छ ।

चर्चामा

सम्बन्धित समाचार