शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • क्रिकेट
  • राजस्थानलाई पराजित गर्दै हैदराबाद पाँचौ स्थानमा

राजस्थानलाई पराजित गर्दै हैदराबाद पाँचौ स्थानमा

  • शुक्रबार, कार्तिक ७, २०७७
राजस्थानलाई पराजित गर्दै हैदराबाद पाँचौ स्थानमा

आईपीएलको १३ औँ सिजनको ४० औँ खेलमा सनराइजर्स हैदराबादले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ । दुबईमा भएको खेलमा टस हारेर पहिलो ब्याटिङ गर्दै राजस्थानले १ सय ५५ रनको लक्ष्य प्रस्तुत गरेको थियो । जवाफमा हैदराबादले उक्त लक्ष्य १८.१ ओभरमा २ विकेट गुमाएर सफलतापूर्वक पछ्यायो ।

हैदराबादलाई जीत दिलाउन मनिष पाण्डेले आईपीएलमा आफ्नो १८ औँ अर्धशतक लगाउँदै नटआउट रहँदै ८३ रन बनाए । त्यस्तै, विजय शंकरले आईपीएलमा आफ्नो तेस्रो अर्धशतक लगाउँदै नटआउट ५२ रन बनाए । दुई जनाले तेस्रो विकेटका लागि १ सय ४० रनको साझेदारी गरे ।

मनिष पाण्डे म्यान अफ द म्याच चुनिए । राजस्थानका लागि जोफ्रा आर्चरले २ विकेट लिए । जीतसँगै हैदराबाद अंक तालिकामा पाँचौ स्थानमा उक्लिएको छ ।

यसअघि सिजनको पहिलो खेल खेलिरहेका जेसन होल्डरले राजस्थानलाई ठूलो स्कोर बनाउनबाट रोके । होल्डरले चार ओभरमा ३३ रन खर्चेर ३ विकेट लिँदा राजस्थानले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५४ रन मात्र बनाउन सक्यो । होल्डरले रोबिन उथप्पालाई पनि रन आउट गरे ।

राजस्थानका लागि सन्जु स्यामसनले सर्वाधिक ३६ तथा बेन स्टोक्सले ३० रन बनाए ।

चर्चामा

सम्बन्धित समाचार