शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • विश्व बैङ्कको २४ अर्ब बराबरको ऋण लिने मन्त्रिपरिषद्को निर्णय

विश्व बैङ्कको २४ अर्ब बराबरको ऋण लिने मन्त्रिपरिषद्को निर्णय

  • बिहिबार, कार्तिक ६, २०७७
विश्व बैङ्कको २४ अर्ब बराबरको ऋण लिने मन्त्रिपरिषद्को निर्णय

मन्त्रिपरिषद्को बैठकले विश्व बैङ्कले दिने २४ अर्ब बराबरको ऋण सहयोग लिने निर्णय गरेको छ । कार्तिक ४ गते बसेको मन्त्रिपरिषद्को बैठकले विश्व वैंक समूहको अन्तर्राष्ट्रिय संंस्थाबाट बजेटरी सहायता अन्र्तगत प्राप्त २ सय मिलियन अमेरिकी डलर अर्थात नेपाली रुपैयाँ २४ अर्ब बराबरको सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय गरेको हो ।

यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रस्तावमा नेपालमा सञ्चालित उद्योगहरुमा नेपाली कामदारले गर्न नसक्ने कामका लागि निश्चित मापदण्ड बनाएर विदेशी कामदार ल्याउन स्वीकृति दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले जानकारी दिएका छन् ।

चर्चामा

सम्बन्धित समाचार