शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • राजनीति
  • भीम रावलले भने–प्रधानमन्त्री र रअ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत छ

भीम रावलले भने–प्रधानमन्त्री र रअ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत छ

  • बिहिबार, कार्तिक ६, २०७७
भीम रावलले भने–प्रधानमन्त्री र रअ प्रमुखबीचको भेट कूटनीतिक मर्यादाविपरीत छ

नेकपा नेता एवं सांसद भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विङ(रअ) का प्रमुख सामन्तकुमार गोयलबीचको भेटवार्ता कूटनीतिक मर्यादा विपरीत भएको बताएका छन्।
बिहीबार नेता रावलले ट्विट गर्दै लेखेका छन्, ‘ नेपालको संविधानद्वारा निर्देशित परराष्ट्र नीति, स्वाधीनता र स्वाभिमान तथा सरकारको नेतृत्व गरिरहेको नेकपाको विचार,नीति र घोषणाको विपरीत भारतीय गुप्तचर रअ प्रमुखसंग नेपालका प्रधानमन्त्रीको जसरी वार्ता भयो र जस्तो समय र तरिकाले भ्रमण गराइयो यो आपत्तिजनक  छ।कूटनीतिक मर्यादा विपरीत छ।’ रअ प्रमुख गोयल बुधबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेटेका थिए।

चर्चामा

सम्बन्धित समाचार