शनिबार, बैशाख ८, २०८१

राहत साम्रागि बितरण

  • बुधबार, कार्तिक ५, २०७७
राहत साम्रागि बितरण

बाजुरा–बाजुराका बुढिनन्दा नगरपालिका र हिमाली गाँउपालिका आर्थिक बिपन्न परिवारलाई खाद्यन्न र सुनौला हजार दिनका आमालाई सरसफाई साम्रागि सहयोग गरेको छ । द्यःश् जर्मनी र वेल्टहंगरहिल्फे नेपालको सहयोगमा पीसविन द्वारा सञ्चालित सम्पूर्ण परियोजना अन्तर्गत राहत बितरण गरिएको परियोजना संयोजक गोबिन्द्र थापाले वताएका छन् ।
बुढिनन्दा नगरपालिका ४ सय र हिमाली गाँउपालिका ३ सय गरि ७ सय परिवारलाई खाद्यन्न सहयोग गरिएको छ । दुबै स्थानिय तहमा अतिबिपन्न र गरिब परिवारलाइ राहत सहयोग गरिएको थापाले वताएका छन् । प्रति परिवार ३० केजी चामल, ३ केजी मुसुराको दाल, २ केजी चिनि र खाने तेल सहयोग गरिएको छ । कोरोनाका कारण प्रत्यक्ष रुपमा गरिब र बिपन्न परिवार प्रभाबित परिवारलाई राहत सहयोग गरिएको थियो । करिब १६ लाख बराबरको खाद्यन्न सहयोग गरेको संस्थाले वताएको छ । स्थानिय तहको सहकार्यमा राहत बितरण गरेको संस्थाले वताएको छ ।
त्यस्तै सुनौला हजार दिनका आमालाई सरसफाई सामाग्री सहयोग गररेको छ । कोरोनाको संकट बाच्न आमा र बच्चाको सुरक्षाका लागि १० लाख बराबरको सरसफाई सामाग्रि सहयोग गरेको छ । एकजना सुनौला हजार दिनकि आमालाई तौलिया, नुहाउने साबुन, दाँत माझ्ने ब्रस, दन्त मञ्जन, काइँयो सहयोग गरेको संस्थाले वताएको छ । त्यस्तै स्यानिटरी प्याड समेत सहयोग गरेको छ । दुई स्थानिय तहका ४ सय ५ जना सुनौला हजार दिनका आमालाई सहयोग गरेको छ ।
बुढीनन्दा नगरपालिका र हिमाली गाँउपालिकामा आईसोलेसनका लागि पनि सहयोग गरेको छ । ९ लाख बराबरको सामान सहयोग गरेका छन् । १० वटा हस्पिटल बेड, बेड कभर, ब्लाङ्केट, हात धुने स्टेशन सहयोग गरेको बुढिनन्दा नगरपालिका उपप्रमुख सृष्टि रेग्मिले वताएकि छन् । त्यस्तै ६ हजार पिस सर्जिकल मास्क, २० वटा इन्फ्रारेड थर्मो गन, ह्याण्ड सेनिटाइजर, ६ हजार जोर ह्याण्ड ग्लोब्स, N95 मास्क २ सय पिस सहयोग गरेको छ ।
कोभिड १९ का बेला संकटमा सहयोग होस भनेर विपन्न परिवारलाई खाद्यन्न, सुनौला हजार दिनका आमालाई सरसफाई सामाग्री र आईसोलेसनका लागि साम्रागि सहयोग गरेको परियोजना संयोजक गोबिन्द्र थापाले वताए । सबै गरेर ३४ लाख बढि सहयोग गरेको छ । यो संकटका बेला यो सहयोगले ठुलो राहत भएको हिमाली गाँउपालिका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले वताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार