शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाचार
  • मंसिर १५ गते ६४९ तहमा एकैसाथ अस्पतालहरुको शिलान्यास हुने

मंसिर १५ गते ६४९ तहमा एकैसाथ अस्पतालहरुको शिलान्यास हुने

  • मङ्लबार, कार्तिक ४, २०७७
मंसिर १५ गते ६४९ तहमा एकैसाथ अस्पतालहरुको शिलान्यास हुने

६४९ स्थानीय तहमा मंसिर १५ गते एकैदिन ५ देखि १५ बेडसम्मका अस्पतालहरूको शिलान्यास हुने भएको छ । सोमबार अर्थमन्त्री विष्णुप्रसाद पौडेल र स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको बैठकले सो निर्णय गरेको हो ।

अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तीमा आधारभूत अस्पताल स्थापना गर्ने सरकारको नीति अनुसार स्वास्थ्य पूर्वाधार निर्माणका लागि रकम उपलब्ध गराइसकिएको छ ।

अस्पतालहरुको डिजाइन स्वास्थ्य मन्त्रालयले स्थानीय तहलाई उपलब्ध गराउने र सबै पालिकामा अस्पतलाल भवनको शिलन्यास एकैसाथ मंसिर १५ गते गर्ने गरी निर्णय भएको विज्ञप्तीमा उल्लेख छ ।

अर्थ मन्त्रालयका प्रवक्ता तथा सह-सचिव रामेश्वर दंगालका अनुसार कोभिड-१९ को रोकथाम र नियन्त्रणका लागि आवश्यक पर्ने आईसीयू, एचडीयू, भेन्टिलेटर लगायत मेसिन उपकरण तत्काल खरिद गर्न स्रोतको व्यवस्थापन अर्थ मन्त्रालयले मिलाउनेछ ।

चर्चामा

सम्बन्धित समाचार