देख्दा कति शुन्दर लाग्छ पाखा पखेरा पनि,
यसैमा लुकेका हुँछन सपना तिम्रा मेरा पनि।
धर्ति अनि आकाश चम्किन्छ पौरख पोख्दा,
बद्लिन्छ जिन्दगी कहीले छिट्टो अबेरा पनि।
दुःख सुःख घाम छाँया जिन्दगी भरका हुँदा,
ल्याउन सक्दैन सुख आँसुका चौ-घेरा पनि।
मज्दुरको क्रम भूमी अनिश्चित जिवन घुमन्ते,
जँहापर्छ उस्लाई रात त्यँही हुन्छ बशेरा पनि।
यो जिवन शंघर्ष र सफरहो हुन्छ ठुला कथा,
सकिन्छ कसै कसैको बनेर छोटो अपेरा पनि।
संसारकै चेतनशिल प्राणिहो मान्छे वेखौफ छ,
बसन सक्दैन नतोडी प्राकृतिक को डेरा पनि।
जब जल्छ आक्रोश ले मन भीत्र ज्वाला बनेर,
बुझाउँन सक्दैन आखाभरीकै त्यो पधेरा पनि।