शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बिबिधि कार्यक्रम गरि बाजुरा ६५ औं प्रहरी दिवस मनायो

बिबिधि कार्यक्रम गरि बाजुरा ६५ औं प्रहरी दिवस मनायो

  • शुक्रबार, अशोज ३०, २०७७
बिबिधि कार्यक्रम गरि बाजुरा ६५ औं प्रहरी दिवस मनायो

बाजुरा ३० असोज– बाजुरा जिल्ला प्रहरी कार्यालय बाजुराले आज बिभिन्न कार्यरक गरि ६५ औं प्रहरी दिवस मनाएको छ ।
प्रहरी दिवसको अवसरमा अमर प्रहरीका परिवारका सदस्यलाई दोसल्ला ओढाई सम्मान, प्रहरी कार्यालयको लागि निःशुल्क जग्गादान गर्ने जग्गादाताहरूलाई कदर(पत्र सहित दोसल्ला ओढाई सम्मान गरिएको हो । त्यस्तै जिल्लामा उत्कृष्ट कार्य गर्ने ७ जना प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कारद्वारा पुरस्कृत, प्रहरी दिवसको अवसरमा आयोजित भलिबल र ब्याडमिन्टनका बिजेता तथा उप बिजेता खेलाडीहरूलाई मेडल र प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी तथा प्रहरी निरिक्षक लोकेन्द्र ठगुन्नाले जानकारी दिएका छन् ।

Image may contain: 3 people, people standing
दिवसान कार्यक्रममा समरजित गुल्मका गुल्मपती सेनानी श्री शिव प्रसाद वाग्लेको प्रमुख आतिथि रहेका थिएभने कार्यक्रममा निमित्त प्रमुख जिल्ला अधिकारी समीर भण्डारी, ससस्त्र प्रहरी नायव उपरिक्षक, अनुसन्धान अधिकृत तथा विभिन्न सरकारी तथा गैह्र सरकारी कार्यालयका प्रमुख प्रतिनिधि, पत्रकार, वीर अमर प्रहरीका परिवारजन, पुर्व प्रहरी, निःशुल्क जग्गादाताहरू, उपस्थित प्रहरी अधिकृत तथा जवानहरूको उपस्थितिमा विभिन्न वक्ताहरूको उपस्थिति रहेको थियो । कार्यक्रम जिल्ला प्रहरी कार्यालयको हलमा भएको थियो ।

Image may contain: 1 person, standing

Image may contain: one or more people, people standing, crowd and outdoor

Image may contain: one or more people, people standing and outdoor

चर्चामा

सम्बन्धित समाचार