शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • नयाँ मन्त्रीको पद बहालीपछि ९ सचिवको सरुवा, को कहाँ पुगे ?

नयाँ मन्त्रीको पद बहालीपछि ९ सचिवको सरुवा, को कहाँ पुगे ?

  • शुक्रबार, अशोज ३०, २०७७
नयाँ मन्त्रीको पद बहालीपछि ९ सचिवको सरुवा, को कहाँ पुगे ?

काठमाडौं । विहीबारको मन्त्रिपरिषद् बैठकले ९ जना सचिवको सरुवा गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहीबार साँझ नवनियुक्त मन्त्रीसहित बसेको मन्त्रिपरिषद्को बैठकले सचिवहरूको सरुवा गरेको हो ।

सिँचाइ सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा सरुवा हुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा पुगेका छन् ।

जल तथा ऊर्जा आयोगका सचिव रमेशप्रसाद सिंहलाई सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ । तत्कालीन सचिव केदारबहादुर अधिकारीको अवकासपछि रिक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयान मन्त्रालयको जिम्मेवारी सचिव एकनारायण अर्याललाई दिइएको एक मन्त्रीले बताए ।

उनका अनुसार काठमाडौं महानगरपालिका सचिव अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको हो ।

प्रधानमन्त्रीका कार्यालयका अर्का सचिव केदार न्यौपाने पनि सरुवा भएका छन् । उनी उपराष्ट्रपति कार्यालयमा सरुवा हुँदा उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई भने प्रधानमन्त्री कार्यालयमा ल्याइएको छ ।

चर्चामा

सम्बन्धित समाचार