शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरामा पनी बिश्व हात धुने दिवस यसरी मनाइयो

बाजुरामा पनी बिश्व हात धुने दिवस यसरी मनाइयो

  • बिहिबार, अशोज २९, २०७७
बाजुरामा पनी बिश्व हात धुने दिवस यसरी मनाइयो

हातको सरसफाइ सबैका लागि, साबुनपानी हात, सधैँ साथसाथ’ भन्ने नाराका साथ दिवस बाजुरा जिल्लाका बिभिन्न ठाउँमा हात धुने दिवस मनाएको छ । कोरोना भाइरसको सङ्क्रमण हुन नदिन साबुन पानीले मिचिमिची हात धुन आवश्यक रहेको संदेशसहित दिवसका अवसरमा विभिन्न कार्यक्रम गरिएको बिभिन्न ठाउँबाट खवर प्राप्त भएको छ ।
कोरोना भाइरसको सङ्क्रमणसँगै अरु सरुवा रोग हातको फोहोरले सबैभन्दा धेरै हुने गरेको विभिन्न अध्ययनले देखाएको छ । नियमित रुपमा सफासँग हातधुने बानी बसाल्दा धेरै सरुवा रोगबाट बच्न सकिने सुआहारा बाजुराका तेजराज उपाध्यायले बताए । साथै घर बस्दा या अफिस तथा भीडभाडमा पुगेपछि बेलाबेला साबुनपानीले हात धुन वा स्यानिटाइजर प्रयोग गर्न, खाना खानु, खुवाउनु तथा बनाउनु र दिनुअघि साबुन पानीले हात धुनु पर्ने मालिका माबिका बिध्यार्थीहरु लाई उनले सिकाएका छन । मालिका माध्यामीक बिद्यालयका बिद्यार्थीहरुलाइ हात धुन सिकाउन आज जिल्लास्थित बडिमालिका नगरपालिकामा स्वास्थ्य तथा सरसफाईका क्षेत्रमा काम गर्ने सघं संथाहरुले सिकाएको बडिमालिका नगरपालिका युएन हेबिटेडका कर्मचारी श्यामभक्त थापाले जानकारी दिएका छन । जसमा सुआहारा बाजुराका तेजराज उपाध्याय, युएन हेबिटेडका श्यामभक्त थापा र बिरेन्द्र रावल त्यसै गरी युनिसेफका राजेन्द्र जैशीले सो कार्यक्रममा हात कसरी धुने भन्ने बिषयमा सहजीकरण तथा प्रदशन गरेका थिए ।
कार्यक्रममा बडिमालिका नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल बिक, मालिका माबिका प्राचार्य शुभराज पाध्याय सोही बिद्यालयका बिद्यार्थी शिक्षक र बिभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधी र पत्रकारहरुको सहभागीता रहेको थियो ।
मालिका माबिमा रहेका बिद्याथीहरुलाई हात धुने बिधीका बारेमा सिकाउन सुआहारा बाजुरा, युएन हेबिटेड, युनिसेफको सहजीकरण तथा बडिमालिका नगरपालिकाको आयोजनामा सो कार्यक्रमको आयोजना गरिएको बडिमालिका नगरपालिका निमित्त प्रमुख प्रशासकिय अधिकृत रंगमल बिकले बताएका छन ।
त्रिबेणी नगरपालिकामा पनी मनाइयो बिश्व हात धुने दिवस
त्रिबेणी नगरपालिका वडा न ८ मा पनी हात धुने दिवस बिबिध कार्यक्रम गरि मनाएको आइडिएस नेपालका पालिका संयोजक बिर्क रावलले बडिमालिका खवरलाई जानकारी दिएका छन ।

त्रिबेणी नगरपालिका वडा न ८ को नवदुर्गा आधारभुत बिध्षलयमा मनाएको पालिका संयोजक रावलले बताए । युसडिए, बिश्व खाद्य कार्यक्रम, आइडिएस नेपाल युएसआइडी र सुआहाराको सहयोगमा सो कार्यक्रमको आयोजना गरिएको स्थानीय मानसिहं साउदले बताएका छन ।
कार्यक्रमको सहजीकरण आइडिएस नेपालका पालिका संयोजक बिर्क रावल र सुअआहारा बाजुराका सामुदायीक पोषण सहजकर्ता राधा गिरीले गरेको स्थानीय साउदले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार