पदम सिंह / बाजुरा २९ असोज– बाजुरा जिल्लाको हिमाली गाउपालिकाले पहिलो पटक भर्चुअल बिधिबाट सार्बजनिक सुनुवाई गरेको छ ।
गाउपालिकाले आर्थिक बर्ष ०७६÷०७७ मा सम्पादन गरेको कामको प्रभावकारीता तथा नागरिकको सन्तुष्टी तथा गुनासो सुनुवाई गर्ने उदेश्यका साथ सार्वजनिक सुनुवाई कार्यक्रमको आयोजना गरिएको हिमाली गाउपालिकाका अध्यक्ष गोबिन्द मल्लले जानकारी दिएका छन् ।
गाउँपालिकाले वर्ष भरी गरिएका योजना तथा प्रदान गरिएका सेवाको पादर्शीता सुनिश्चीत गर्नका लागी प्रत्येक वर्ष सार्वजनिक सुनुवाई गर्ने गरेको हिमाली गाउपालिका प्रमुख प्रशासकिय अधिकृत जनक शाहीले बताएका छन् ।
हिमाली गाउँपालिकाका अध्यक्ष गोबिन्द मल्लको अध्यक्षतामा संचालन गरिएको कार्यक्रममा गाउपालिका उपाध्यक्ष सुरक्षा निकाएका प्रमुख, जनप्रतिनिधी गाउपालिकामा कार्यरत कर्मचारी तथा सरोकारवालाका साथै स्थानीयको उपस्थिती रहेको थियो ।
हिमाली गाउँपालिकाकाको आयोजना तथा रेडियो बुढीनन्दाको सहजिकरणमा सार्वजनिक सुनुवाई कार्यक्रम गरिएको थियो ।
कार्यक्रमका सहभागीले गाउँपालिकाले लक्षित बर्गको बजेट मापदण्ड अनुसाररकम बिनियोज नभएको, बजेट बिनियोजन गर्दा राजनितिकरण बढी भएको, बजेटलाई कृर्षिमा बढी प्राथामिकतामा राखेर बिनियोजन गर्नु पर्ने , कोभिडबाट प्रभाबित भएर बिदेशबाट गाउ फर्केका युवाहरु लक्षीत कार्यक्रम ल्याउनु पर्ने विकासका लागी साना भन्दा पनि ठुला योजनामा केन्द्रीत भएर लाग्न सुझाब दिएका थिए । सहभागीले सेवा प्रवाहको गुनासो तथा विकास निर्माणका काम बारे प्रश्न तथा सुझाब दिएका थिए ।
भौगोलिक बिकटता बिश्व कोरोना महामारी जस्ता समस्यले गाउपालिकाका १ नम्बर वडा देखि ७ नम्बर वडाका सबै सरोकारवाला तथा सर्बसाधारणहरुको उपस्थिति गराउन समस्या भएकोले सार्बजनिक सुनुवाई कार्यक्रम रेडियो बुढीनन्दा बाट भर्चुवल बिधिबाट प्रत्येक्ष प्रशारण गरिएको थियो ।
जिल्लामै पहिलो पटक भर्चुवल बिधिबाट गरिएको सार्बजनिक सुनुवाई कार्यक्रमको प्रथाबिधिक सहयोग BMZ जर्मनी र वेल्टहंकर हिल्फे नेपालको सहयोगमा पीसबिन बाजुराद्धारा संचालिन सम्पूर्ण परियोजनाले सहयोग गरेको सम्पूर्ण परियोजना अधिकृत्त गोबिन्द थापाले जानकारी दिएका छन् ।
यसरी भर्चुवल बिधिबाट सार्बजनिक सुनुवाई गर्दा दुर्गम तथा गाउ स्तरका नागरिकहरुले पनि स्थानिय सरकारको काम कार्बाहीबारे सबैले सुसुचित हुन पाउने र गाउबाट पालिकामा सेवा लिन आउदा सेवाबारे प्रत्येक्षा जानकार भएर आउन सक्ने परियोजना अधिकृत्त गोबिन्द थापाले बताए । यो बिधि हिमाली गाउपालिकाबाट सुरु गरिएको भएपनि बाजुराका अन्य स्थानिय पालिकाहरुले पनि गर्नु पर्ने बताए ।