शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • राजनीति
  • मुख्यमन्त्री शाहीविरुद्धको अविस्वास प्रस्ताव बीचमै तुहियो, मन्त्रिपरिषद् पुनर्गठन हुने

मुख्यमन्त्री शाहीविरुद्धको अविस्वास प्रस्ताव बीचमै तुहियो, मन्त्रिपरिषद् पुनर्गठन हुने

  • मङ्लबार, अशोज २७, २०७७
मुख्यमन्त्री शाहीविरुद्धको अविस्वास प्रस्ताव बीचमै तुहियो, मन्त्रिपरिषद् पुनर्गठन हुने

कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने भएका छन् । मन्त्रिपरिषद् पुनर्गठन गर्न शाही सहमत भएसँगै उनीविरुद्धको अविस्वास प्रस्ताव तुहिएको छ ।

नेकपाका केन्द्रीय सदस्य निरज आचार्य नेतृत्वको टोलीले सुर्खेत पुगेर अविश्वासको प्रस्तावमा हस्ताक्षर गर्ने वरिष्ठ नेता माधवकुमार नेपाल समूहका प्रदेश सभा सदस्यहरुलाई अविश्वासको प्रस्तावका लागि गरेको हस्ताक्षर फिर्ता लिन र आजको बैठकमा नजान सुझाव दिएपछि नेपाल समूहका ७ जना हस्ताक्षरकर्ताहरु पछि हटेका हुन् । उनीहरु बैठकमा सहभागी नभएपछि शाहीविरुद्धको प्रस्ताव तुहिएको हो ।

सुर्खेतमा रहेका आचार्यले भने, साथीहरुसँग छलफल भयो । हस्ताक्षर गरेका साथीहरु बैठकमा जानुभएन । त्यति भएपछि कोरम पुगेन । अब अरु बाँकी प्रकृया अघि बढ्छ, आचार्यले भने ।
स्रोतका अनुसार मुख्यमन्त्री शाहीले एक दुई दिनभित्रै मन्त्रिमण्डल पुनर्गठन गर्ने वाचा गरेपछि विवाद मिलेको छ । त्यसक्रममा माधव नेपाल पक्षलाई तीनवटा मन्त्री दिने तयारी भएको छ ।

चर्चामा

सम्बन्धित समाचार