
पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७३ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ७७ हजार २ सय ७७ संक्रमित उपचारपछि निको भएका छन्।
आज मन्त्रालयका अनुसार १४ हजार ५ सय ३० जनाको पिसिआर परीक्षण भएको छ। यो सँगै ११ लाख ९१ हजार ५ सय १४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार ८ सय ३१ जना क्वारेन्टाइनमा छन्। नेपालमा ३३ हजार ८ सय ८० जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।
कुन प्रदेशमा कति डिस्चार्ज
प्रदेश १ – ६६८७
प्रदेश २– १५०९०
बाग्मती प्रदेशमा –२९३९९
गण्डकी प्रदेशमा –४२५५
लुम्बिनी प्रदेशमा –१०७८१
कर्णाली प्रदेशमा –३४८०
सुदूरपश्चिम प्रदेशमा ७५९५
