बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • राजनीति
  • मुख्यमन्त्रीविरुद्धको प्रस्ताव अनिष्टको संकेत : भीम रावल

मुख्यमन्त्रीविरुद्धको प्रस्ताव अनिष्टको संकेत : भीम रावल

  • सोमवार, अशोज २६, २०७७
मुख्यमन्त्रीविरुद्धको प्रस्ताव अनिष्टको संकेत : भीम रावल

नेकपाका स्थायी कमिटी सदस्य भीम रावलले कर्णाली प्रदेशका मुख्यमन्त्रीविरुद्ध संसदीय दलमा दर्ता भएको अविश्वासको प्रस्ताव अनिष्टको संकेत हुनसक्ने बताएका छन्।

नेता रावलले कर्णाली प्रदेशका मुख्यमन्त्रीविरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्ने भन्दै त्यस विषयमा तत्काल नेतृत्वको ध्यान जानुपर्ने भन्दै ट्वीट गरेका छन्।

सोमबार ट्वीटरमा उनले लेखेका छन्, ‘नेकपा, स्थायी समितिले विधि र पद्धतिमा जोड दिदै संघीय र प्रदेश सरकारमा हेरफेर गर्ने निर्णय गरेको थियो। निर्णय कार्यान्वयन नहुँदै कर्णाली प्रदेशका मुख्यमन्त्री विरूद्ध पार्टीकै सांसदहरूले प्रस्ताव दर्ता गर्नु अनिष्टको संकेत हुनसक्छ।समयमै नेतृत्वको गम्भीर ध्यान जाओस्।देशहित ठूलो हो।’

चर्चामा

सम्बन्धित समाचार