शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • मनोमानी बिद्यालय खोल्दा मधेसबाट कोरोना बोकेर बाजुरा पुगे शिक्षक

मनोमानी बिद्यालय खोल्दा मधेसबाट कोरोना बोकेर बाजुरा पुगे शिक्षक

  • सोमवार, अशोज २६, २०७७
मनोमानी बिद्यालय खोल्दा मधेसबाट कोरोना बोकेर बाजुरा पुगे शिक्षक
तस्वीर-- सदरमुकाम मार्तडीमा रहेको मालिका नमुना माबिमा स्वास्थ्य सुरक्षा मापदण्ड बिना मास्क समाजिक दुरी बिना अध्यायन गर्दै ।

पदमबहादुर सिंह / बाजुरा २६ असोज– बाजुराका स्थानिय तहले बिद्यालय सञ्चालन गर्दा बाजुरामा कोरोनाको जोखिम बढेको छ । कोरोनाको बेला मधेस तथा तराईका जिल्लामा घर गएका शिक्षक अहिले बाजुरा फर्कदा कोरोना ल्याएर आएका छन् । यसले गर्दा बाजुरा कोरोनाको उच्च जोखिममा परेको छ ।
यसरी कोरोनाको कहरका बिच बिद्यालय सञ्चालन गरेर पढाई सुरु गर्दा बाजुरामा कोरोनाको संक्रमण बढ्न सक्ने स्वाथ्यकर्मीले बताएका छन् । स्वामीकार्तिक खापर गाउपालिकाले बिद्यालय खोल्ने निर्णय पछि जिल्ला बाहिर रहेका शिक्षकहरुलाई बिद्यालयमा हाजिर हुन भनेको थियो । जिल्ला बाहिर घर भएका शिक्षक बाजुरा आउने क्रम शुरुपछि असोज ६ गते कैलालीमा रहेका एक जना शिक्षक धनगढीबाट समिट एयरलाईसको जहाजबाट बाजुरा आए । उनले असोज ४ गते धनगढीमा पीसिआर परिक्षणको लागि स्वाब दिएको थियो । बिद्यालयको ताकेता पछि पीसिआर रिर्पोट नआउदै बाजुरा पुगेपछि उनको रिर्पोट पोजेटिभ आएको थियो ।
पोजेटिभ स्वामीकार्तिक खापर गाउपालिकाले बनाएको आईसोलेसन कक्षमा राखियो । उनीसंगै आएका अन्य शिक्षक तथा सर्बसाधारणलाई होम क्वारेनटाइनमा बस्न भनिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दयाकष्ण पन्तले बताए । होम क्वारेनटाइनमा रहेका र संक्रमित शिक्षकसंग सम्पर्कमा रहेका ३७ जानको स्वाब संकलन गरि पीसिआर परिक्षण गर्दा ५ जना शिक्षकहरुको शनिवार रिर्पोट पोजेटिभ आएको थियो । पोजेटिभ आएका ५ जनानै शिक्षक रहेका थिए । ४ जना पुर्वी मधेस र १ जना बाट कैलाली बाट आएका शिक्षक रहेका थिए ।
नेपाल सरकारले बढी भिडभाड हुने र बालबालिकाहरुमा संक्रमण बढी हुनसक्ने भन्दै हाल सम्म शैक्षिक सस्थाहरु नखुलाउन भनिएपनि बाजुराका स्थानिय तहहरुले भने शैक्षिक सस्थाहरु संचालन गरेका छन् । कुनै स्थानिय तहले टोल शिक्षा, कुनै स्थानिय तहले स्कुलनै खुलाएर असोज पहिला साताबाट पढाई सुरु गरिएको जिल्ला शिक्षा ईकाई बाजुराले वताएको छ ।
बाजुरा जिल्लामा अध्यापन गराउने अधिकांश शिक्षकहरु जिल्ला बाहिरका रहेका छन् । बाजुराका स्थानिय तहले पढाई सुरु गरेसंगै कोरोना संक्रमण बढी जोखिम जिल्लाहरुबाट शिक्षकहरु आउने क्रम भएपछि बाजुरा पनि कोरोनाको उच्च जोखिममा भएको छ । जिल्ला शिक्षा ईकाई बाजुराका प्रमुख गोपालदत्त जोशीले बाजुराका स्थानिय तहले आफू कहा बिद्यालय सञ्चालन गरेको भन्ने जानकारी नआएको बताए । केही स्थानिय तहले सामान्य रुपमा पढाई सुरु गरेको भन्ने सुनिएको छ उनले थपे ।
स्वार्मीकार्तिक खापर गाउपालिकाका शिक्षकहरुमा कोरोना संक्रमण भए पछि संक्रमणको त्रास पढेको छ । त्यसैको बिषयमा छलफल गर्न असोज ३० गते सबै पालिकाका शिक्षा इकाई प्रमुखलाई छलफलमा बोलाएको बताए । स्वामीकार्तिक खापर गाउपालिकाले असोज पहिलो सताबाट संञ्चालन गरेका बिद्यालय ६ जना शिक्षकमा कोरोना सक्रमण देखिएपछि पुन बन्द गरिएको स्वामीकातर्तिक खापर गाउपालिकाका अध्यक्ष चिरन्जीबी शाहीले बताए । गाउपालिकाले बिद्यालय खोल्ने निर्णय पछि जिल्ला बाहिर रहेका शिक्षकहरु आए जस मध्ये एक जनाको पीसिआर रिर्पोट नआउदै बाजुरा आएका र बाजुरा पुगेपछि कोरोना पुष्टि भए पछि उनी संगै आएका पाज जना शिक्षकको स्वाब परिक्षण गर्दा कोरोना पुष्टि भएको छ । स्वाब संकल पछि रिर्पोट नआउदै ती शिक्षकहरु आफ्नो घर गएका गाउपालिकाका अध्यक्ष शाहीले बताए

चर्चामा

सम्बन्धित समाचार