बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • स्वामिकार्तिक खापर
  • बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकाका ५ जनामा कोरोना पोजेटिभ

बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकाका ५ जनामा कोरोना पोजेटिभ

  • शनिबार, अशोज २४, २०७७
बाजुरा स्वामीकार्तिक खापर गाउँपालिकाका ५ जनामा कोरोना पोजेटिभ

बाजुरा — बाजुुरा स्वामीकार्तिक खापर गाउँपालिकाका ५ जनामा कोरोना पोजेटिभ देखीएको छ । बाजुरा जिल्लामा २ महिना देखी शुन्यमा रहेको बाजुरामा कोरोना संक्रमीत फेरी कोरोना संक्रमीत भेटिएका छन ।
जिल्लाको पुर्बिउत्तर क्षेत्रमा रहेको स्वामीकार्तिक खापर गाउँपालिकाका ५ जनामा शनिबार ५ जनामा कोरोना पोजेटिभ रिर्पोट देखीएको छ ।
असोज २१ गते स्वाव संकलन गरि कणर्ाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा परिक्षण गरिएको र ३७ जना मध्य ५ जनाको रिर्पोट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख दयाकृष्ण पन्तले बताएका छन ।
उनिहरु सबै असोज ७ गतेको हवाइजहाजमा धनगढी बाट आएका थिए । स्वाव संकलन गरि पठाएको र नतिजा नआउन अगाडी बाजुरा पुगेका १ जना शिक्षकमा कोरोना पोजेटिभ आएको थियो सोही हवाइजहाजमा आउने सबैको स्वाव संकलन गर्दा ५ जनामा कोरोना पोजेटिभ देखीएको स्वास्थ्य कार्यालय बाजुरा प्रमुख पन्तले बताए ।
परिक्षणमा पोजेटिभ देखीएका सबै शिक्षकहरु रहेका छन । कोरोना पोजेटिभ देखीएका सबै जना बिराटनगर कैलाली रुकम सिराहाका रहेका छन । कोरोना पोजेटिभ देखीएका सबै जना शिक्षक स्वामीकार्तिक गाउँपालिकामा अध्यापन गराउने गरेका गाउँपालिकाले जनाएको छ । उनिहरु सबै एकै दिन धनगढीबाट एउटै हवाइजहाजमा बाजुरा आएका थिए ।

बाजुरा : हवाई जहाजबाट आएका ब्यक्तीमा देखियो कोरोना

 हवाई जहाजमा संगै आउदा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै उहाँहरुलाई एकान्तवासमा वस्न र कुनै स्वास्थ्य समस्या देखिएमा समयमै जानकारी गराउन सूचीत गरिएको जनाएकाे छ ।
असाेज ४ गतेबाट विद्यालय खुले संगै विद्यालयमा फर्किएका शिक्षकहरुमा समेत कोरोना संक्रमण खत्तरा देखिएको स्थानियको भनाई छ । हवाई र सडक यातायात खुकुलो भए पछि मानिसको आउजाउ बढेकाले यस अघि कोरोनाका संक्रमित शुन्य भई सकेको बाजुरामा पुनः संक्रमित देखिएकाले सचेत रहन र आवश्यक दुरी कायम गर्न स्वास्थ्यकर्मीले सुझाव दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार