शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • बलिउड/हलिउड
  • बलिउड छोडेकी सना खानले ट्वीटरबाट डिलिट गरिन्

बलिउड छोडेकी सना खानले ट्वीटरबाट डिलिट गरिन्

  • शनिबार, अशोज २४, २०७७
बलिउड छोडेकी सना खानले ट्वीटरबाट डिलिट गरिन्

‘बिग बस’ बाट चर्चामा आएकी र बलिउडकी चर्चित नायिका सना खानको एक निर्णयले उनका प्रशंसक चकित परेका छन् । फिल्म इन्डष्ट्रिमा नाम र चर्चा पाउनका लागि मानिसहरु वर्षौंसम्म कडा मिहिनेत र प्रतिक्षा गर्छन् तर सनाले त्यहि इन्डष्ट्रिलाई अलविदा भनेकी छिन् । कुनै बेला सलमान खानसँग काम गरिसकेकी सना खानले अभिनयको दुनियाँलाई छोडेर इस्लामको दुनियाँ अपनाएकी छिन् । सनाले आफ्नो इन्स्टाग्राममा एउटा पोस्टमार्फत् यसबारे जानकारी दिएकी हुन् ।

सनाले अचानक लिएको यो निर्णयले थुप्रै चकित छन् । यतिमात्रै होइन, यो निर्णय लिएपछि सनाले इन्स्टाग्रामबाट आफ्नो सबै हट फोटो डिलिट गरेकी छिन् । सना सोसल मिडियामा असाध्यै सक्रिय थिइन् र आफ्नो हट फोटो धेरैजसो इन्स्टाग्राममा सेयर गरिरहन्थिन् तर यदि अब तपाईं उनको इन्स्टाग्राम हेर्नुहुन्छ भने एउटा पनि हट फोटो देख्नुहुन्नँ । उनको हरेक फोटोमा उनले कि त हिजाब लगाएकी छिन् कि त सलले ढाकेकी छिन् ।

सनाको इन्स्टाग्रामबाट यो स्पष्ट हुन्छ कि अब उनी पूर्ण रुपमा इस्लामको बाटो अपनाइसकेकी छिन् । सना खान अघि दंगलकी नायिका जायरा वसिमले पनि फिल्म इन्डष्ट्रिलाई अलविदा भनिसकेकी छिन् । उनले पनि इस्लाम धर्म अपनाउनकै लागि बलिउडको आफ्नो यात्रा समाप्त गरेकी हुन् ।

स्मरण रहोस्, सना खानले फिल्म ‘यही हे हाई सोसाइटी’ बाट सन् २००५ मा बलिउड डेब्यू गरेकी थिइन् । यसबाहेक उनी ‘बम्बे टु गोवा’, ‘धन धना धन गोल’, ‘हल्ला बोल’, ‘जय हो’, ‘वजह तुम हो’ जस्ता फिल्ममा देखिएकी थिइन् । यस्तै सनाले हिन्दी फिल्मबाहेक तेलुगु र तमिल फिल्ममा पनि काम गरेकी छिन् ।

चर्चामा

सम्बन्धित समाचार