शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • प्रदेश ७
  • सुदूरपश्चिमका कुन जिल्लाको अवस्था कस्तो छ?

सुदूरपश्चिमका कुन जिल्लाको अवस्था कस्तो छ?

  • शनिबार, अशोज २४, २०७७
सुदूरपश्चिमका कुन जिल्लाको अवस्था कस्तो छ?

 सुदूरपश्चिम प्रदेशमा कोरोना संक्रमितको संख्या आठ हजार एक सय नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार प्रदेशका ९ वटै जिल्लामा शुक्रबार सम्म आठ हजार एक सय १६ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको हो।

सबैभन्दा बढि कैलालीमा दुई हजार आठ सय आठ जनामा संक्रमित रहेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। जसमा दुई हजार ६३ पुरुष र सात सय ४५ महिला रहेका छन्। उनीहरु मध्ये दुई हजार दुई सय ३३ जनाले कोरोना जितेका छन् भने ९ जनाको मृत्यु भएको छ।

कैलालीपछि डोटीमा एक हजार एक सय २० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। सात सय ७८ पुरुष र तनि सय ४२ महिला संक्रमित भेटिएकोमा नौ सय ९९ जना संक्रमण मुक्त भएका छन्।

अछाममा एक हजार ९७ जनामा संक्रमण पुष्टि भएकोमा आठ सय ४३ पुरुष र दुई सय ५४ महिला छन्। उनीहरु मध्ये एक हजार ३१ जनाले कोरोना जित्दा दुईजनाको मृत्यु भएको छ। कञ्चनपुरका नौ सय ६ जनामा संक्रमण पुष्टि भएको छ।

जसमा ६ सय ८७ पुरुष र दुई सय १९ महिला रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। संक्रमण पुष्टि भएका मध्ये सात सय ७९ जनाले कोरोना जितेका छन् भने एक जनाको मृत्यु भएको छ। बाजुराका चार सय ४० पुरुष र एक सय ९३ महिला गरी ६ सय ३३ जनामा संक्रमण पुष्टि भएको छ।

दुई जनाको मृत्यु हुँदा अन्य सबैले कोरोना जितेका छन् भने जिल्लामा अहिले संक्रमितको संख्या शुन्यमा झरेको छ। बझाङमा चार सय २१ पुरुष र एक सय ७८ महिला गरी पाँच सय ९९ जना संक्रमित छन्।

उनीहरु मध्ये चार सय ४२ जनाले कोरोना जितेका छन् भने दुई जनाको मृत्यु भएको छ। तीन सय ६६ पुरुष र ६४ महिला गरी बैतडीमा चार सय ३० जनामा संक्रमण पुष्टि भएको छ।

तीन सय ९३ जनाले कोरोना जित्दा एकजनाको मृत्यु भएको छ। डडेल्धुराका तीन सय ६१ जनामा संक्रमण पुष्टि भएको छ। जसमा दुई सय ९९ पुरुष र ६२ महिला छन्।

जिल्लामा एक जना संक्रमितको मृत्यु हुँदा अन्य तीन सय २५ जना संक्रमण मुक्त भएका छन्। यस्तै सबैभन्दा कम संक्रमित रहेको दार्चुलामा शुक्रबार सम्म एक सय ६२ जनामा संक्रमण पुष्टि भएको छ।

उनीहरु मध्ये ७१ जना संक्रमण मुक्त भएका छन्। शुक्रबार सम्म प्रदेशका ९ वटै जिल्लाबाट गरी ६ हजार सात सय ३१ जना डिस्चार्ज भएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयले जनाएको छ। कोरोनाबाट २३ जनाको भने मृत्यु भएको छ।

चर्चामा

सम्बन्धित समाचार