शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • भिरबाट लडेर मेरुदण्ड भाच्चिएका मार्तडीका मानको उपचारमा आर्थिक अभाब

भिरबाट लडेर मेरुदण्ड भाच्चिएका मार्तडीका मानको उपचारमा आर्थिक अभाब

  • शुक्रबार, अशोज २३, २०७७
भिरबाट लडेर मेरुदण्ड भाच्चिएका मार्तडीका मानको उपचारमा आर्थिक अभाब

बाजुरा– बडिमालिका नगरपालिका ९ बस्ने मानसिंह विकको उपचारमा आर्थिक समस्या भएको छ । विहिबार दिउसो भिरबाट लडेर घाइते भएका विकलाई उपचारका लागि काठमाण्डौं लगिएको छ । जिल्ला अस्पताल बाजुरामा उपचार सम्भब नभएपछि उनलाइ राष्ट्रिय ट्रमा सेन्टर काठमाडौ रिफर गरेको थियो ।
मानसिंह लडेर उनको मेरुदण्ड भाच्चिएको थियो । उनको उपचार बाजुरामा सम्भब नभएपछि काठमाडौमा रिफर गरेको भएपनि आर्थिक भने समस्या भएको आफन्तले वताएका छन् । ३० हजार रिन काढेर काठमाडौ पठाएका छौ, उता उपचारमा समस्या हुने आफन्त धिरन विकले वताएका छन् ।
मानसिंह विहिबार दिउसो साढे १२ बजे घरबाट खाना खाएर दारकाठका लागि गुनिभिर तिर गएका थिए । साँझ पख सम्म घर नफर्केपछि परिवारले खोजी गर्दा विकलाई भिरबाट लडेर भिरमै अट्कीएको अवस्थामा भेटाएका थिए ।
भिरमै अट्कीएको अवस्थामा भेटिएका विकलाई स्थानीयहरुले उपचारका लागि जिल्ला अस्पताल बाजुरामा ल्याएका थिए । बाजुरा अस्पतालमा विकको उपचार सम्भव नभएपछि उनलाई उपचारका लागि काठमाण्डौं लगिएको छ । उनको उपचार सहयोगका लागि सहयोग गर्न आफन्तले अपिल गरेको छ । मानसिंहको परिवारमा आर्थिक अबस्था निकै कमजोर रहेको छ ।

चर्चामा

सम्बन्धित समाचार