बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • बुढिनन्दा
  • डाक्टर गोबिन्द केसीको समर्थन गर्दै बाजुराका बिद्यार्थी आन्दोलनमा

डाक्टर गोबिन्द केसीको समर्थन गर्दै बाजुराका बिद्यार्थी आन्दोलनमा

  • शुक्रबार, अशोज २३, २०७७
डाक्टर गोबिन्द केसीको समर्थन गर्दै बाजुराका बिद्यार्थी आन्दोलनमा

बाजुरा — बाजुरा जिल्ला स्थित कोल्टीमा आज डाक्टर गोबिन्द्र केसीको समर्थनमा बिद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन । २६ औ दिन,२६ मिनेट,२६ जनाले डाँ गोबिन्द केसीको जीवन रक्षा र उनका माग पुरा गर्नका लागि हाम्रो दवाव स्वारुप आन्दोलन गरेको हो ।


बुढिनन्दा नगरपालिकाको कोल्टी बजारमा रहेको शिबपार्कमा मौन बसेर बिरोध स्वरुप आन्दोलन गरिएको बिद्यार्थी नेता दिनेश शाहीले बताएका छन । चिकित्सा शिक्षा सुधारको माग गर्दै आमरण अनशनमा बसेका डाक्टर गोविन्द केसीको सर्मथनमा शान्तरुपमा आन्दोलन गरेको नेता शाहीले बताएका छन ।


डाक्टर केसीको जीवन रक्षाको माग गर्दै बाजुराली बिद्यार्थीहरु आन्दोलित भएका हुन् । जायज माग पूरा गर, प्राध्यापक डाक्टर केसीको जीवन रक्षा गर लगायतका नारा लेखिएको पेलेकार्ड सहित शिबपार्कमा आन्दोलन जनाएको बिद्यार्थि नेता अाशिष गिरीले  बताएका छन ।
डाक्टर केसीले राखेको जायज माग पूरा गर्न सरकारलाई दबाब दिने उदेश्यले आन्दोलन गरिएको बिद्यार्थी नेता दिनेश शाहीले बताएका छन ।


दिउँसो ११ : ५१ बजेदेखि १२ : १७ बजेसम्म धर्नामा बसी आन्दोलन गरिएको थियो । निमुखा जनताको लागि अनसनमा बस्दा पनि सरकारले बेवास्ता गर्नु दुःखद भएको बिद्यार्थी नेता शाहीले सोही शिबपार्कमा गरिएको कोणसभामा बताएका थिए ।
डाक्टर गोविन्द केसी जस्तो मानिस मुलुकमा विरलै जन्मन्छन्, जो आफ्नो स्वार्थभन्दा माथि रहेर काम गर्छन्,’ उनले भने, ‘डाक्टर केसी आफ्नो लागि केही गरिरहनुभएको छैन, निमुखा जनताका लागि अनसनरत छन । तर सरकार गम्भीर नभएको शाहीले कोणसभामा बताएका छन । बिद्यार्थी नेता दिनेश शाहीको संयोजनमा भएको सो आन्दोलनमा बिभिन्न युवा बिद्यार्थीकाे  सहभागीता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार