बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • अम्बकलाको मृत्युको एक कारण स्वास्थ्य केन्द्रमा स्वाथ्यकर्मी नहुनु

अम्बकलाको मृत्युको एक कारण स्वास्थ्य केन्द्रमा स्वाथ्यकर्मी नहुनु

  • शुक्रबार, अशोज २३, २०७७
अम्बकलाको मृत्युको एक कारण स्वास्थ्य केन्द्रमा स्वाथ्यकर्मी नहुनु
फाेटाे क्यापसन : मृतक अम्बकला रोकायालाई दासंस्कारका लागि लग्दै ।

बाजुरा–बाजुराको बुढिनन्दा नगरपालिका ४ की २३ बर्षिय अम्बकला रोकायालाई सुत्केरी ब्यथा लाग्ने बित्तिकै स्थानिय कुरु आधारभुत स्वास्थ्य केन्द्रमा लगे । त्यहाँ कार्यरत अनमि र अहेब नहुँदा ५ घण्टा टाढा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्र लग्दै गर्दा बाटोमा उनको मृत्यु भयो ।
स्वास्थ्य केन्द्रमा कार्यरत अहेब लोकेन्द्र कैला र अनमि तारा सिंह कोल्टिमा रहेको नगरपालिकाको कार्यलयमा आएका थिए । स्वास्थ्यकर्मी नहुँदा स्थानियले बाध्य भएर कोल्टि लिनुपर्ने बाध्यता भएको थियो । कार्यलय सहयोगि उर्मिला रोकाया मात्र रहेकी थिईन्, उनले स्टेचर दिएर कोल्टि पठाए । तर बाटोमै बच्चा पाइसकेपछि उनको मृत्यु भएको थियो । यदि कुरु स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी भएको भए अम्बकलाले मृत्युबरण गर्नुपर्ने बाध्यता टर्ने सक्थ्योकी वडा अध्यक्ष राजन रोकायाले वताए ।
बुढिनन्दा नगरपालिकामा कार्यरत जनस्वास्थ्य निरिक्षक ओमजंग शाहिले भने दुबै जनाको नगरपालिकामा करार म्याद थपका लागि आएकोले स्वास्थ्य संस्थामा स्वास्थ्यर्की कोही नभएको वताए । स्वास्थ्यकर्मी भएको भए उनि बाच्नपनि सक्थिन होला शाहिले भने । अर्को तिन बर्ष पहिलानै कुरु आधारभुत स्वास्थ्य केन्द्रमा प्रसुति सेवा केन्द्र स्थापना भएको भएपनि तालिम प्राप्त स्वास्थ्यकर्मी नहुँदा सञ्चालनमा आउन सकेको छैन् । सञ्चालन भएको १ बर्ष सम्म एकजना अनमि गएर सञ्चालन भएको हो, त्यपछि तालिम प्राप्त स्वास्थ्यकर्मी नगएपछि सञ्चालन आउन नसकेको ओमजंग शाहिले वताए ।
गाँउमा प्रसुति सेवा केन्द्र नभएपछि आफन्तले बोेकेर ५ घण्टा टाढा रहेको कोल्टि प्राथमिक स्वास्थ्य केन्द्रमा लिदै गर्दा मृत्यु भएको अध्यक्ष रोकायाले वताए । दिउसो सुत्केरी ब्यथा लागेकि अम्बकलालाई गाँउमा रहेको सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो । त्यहाँ कोही स्वास्थ्यकर्मी नभएपछि आफन्तले बोकेर कोल्टि ल्याउदै गर्दा उनको मृत्यु भएको आफन्तले वताएका छन् । बाटोमै जन्माएकि छोरी भने जिवित रहेकि छ, आमा भने बच्चा पाएको १ घण्टामा अत्याधिक रक्तस्राव भएपछि मृत्यु भएको आफन्तले वताएका छन् ।
कुरु गाँउमा प्रसुति केन्द्र स्थापना नहुदा त्यहाँका महिलाहरुले धेरै समस्या भोग्दै आएका छन् । यो बर्ष मात्र २ जनाले कोल्टि ल्याउदै गर्दा बाटोमा बच्चा जन्माएको वडा अध्यक्ष रोकायाले वताएका छन् । अध्यक्ष रोकायाले भने कार्यपालिकाको २ वटा बैठकमा र पटक पटक प्रमुख प्रशासकीय अधिकृत रामदत्त न्यौपानेलाई बुढिनन्दा ४ को स्वास्थ्य आधारभुत इकाइमा प्रसुति केन्द्र स्थापनाका लागि पहल गरेको थिए, कसैले पनि वास्ता नगरेको उनले वताए ।
सुत्केरी बोकेर ल्याउदा ५ घन्टा समय लाग्छ त्यो भन्दा सुत्केरी गराउने सम्पुर्ण सामाग्री देखि बत्ती को पनि सुबिधा छ १ जना सुत्केरी गराउने चाहियो भन्दा न्यौपानेले नगर प्रमुख पदम कुमार गिरि लाई सल्लाह गर्छु मात्र भनेर आलटाल गरेको उनले रोकायाले थपे । दुई बर्ष पहिला सोहि गाँउकि ३२ बर्षिय फुगि रोकाया पनि स्वास्थ्य संस्था टाढा भएकाले गाँउमै सुत्केरी अबस्थामा मृत्यु भएको थियो, उनी बाट जन्मेकी छोरी भने जिवितै रहेकी छ । गत बर्ष मात्र बाजुरामा ५ जना सुत्केरीको मृत्यु भएको थियो ।

चर्चामा

सम्बन्धित समाचार