शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • कैलालीको गोदावरीमा ३ वटा बेलिबिज्र छन् तर बुढिगंगा नदिमा बेलिब्रिज बनाउने प्रक्रिया शुरु भएन

कैलालीको गोदावरीमा ३ वटा बेलिबिज्र छन् तर बुढिगंगा नदिमा बेलिब्रिज बनाउने प्रक्रिया शुरु भएन

  • शुक्रबार, अशोज २३, २०७७
कैलालीको गोदावरीमा ३ वटा बेलिबिज्र छन् तर बुढिगंगा नदिमा बेलिब्रिज बनाउने प्रक्रिया शुरु भएन

बाजुरा–कैलालीको गोदावरीमा रहेको ह्याभि इकुमेन्ट डिभिजन कार्यलयमा तिन वटा बेलिबिज्र मौजात रहेका छन् । यो क्षेत्रमा आबश्यक ठाँउमा पर्ने गरि सडक बिभागले कैलालीमा तिनवटा मौजात गरेर राखेको ह्याभि इकुमेन्ट डिभिजन कार्यलयका अधिकृत लक्ष्मण ऐरले बडिमालिका खबरलाई वताएका छन् ।
सडक डिभिजन कार्यलय महेन्द्रनगरले तिनवटै बेलिबिज्र बुझेर यहाँ राखेको छ । सडक बिभागले जहाँ आबश्यक हो त्यहाँ पठाउन सक्ने हो ऐरले वताए । तर अहिले सम्म बाजुरा पठाउने बारे कुनै जानकारी नभएको उनले वताएका छन् । बेलिबिज्र जोडने प्राबिधिक नेपाली सेना र हुलास कम्पनी सँग मात्र रहेको छ । तर गोदावरीमा तिन वटा बेलिब्रिज रहेका छन्, बाजुरामा बगाएको ठाँउाम निर्माण गर्ने कुनै प्रक्रिया अगाडि बढाएको छैन् ।
बडिमालिका नगरपालिकाको साँफे मार्तडी सडक खण्ड अन्तर्गत जडाङ्गमा साउन २५ गते राति बुढिगंगा नदिमा आएको बाढिले बेलिब्रिज वगाएको थियो । नदिमा रहेको बेलिब्रिज बगाएपछि सदरमुकाम मार्तडी सम्मको सडक सम्पर्क बिच्छेद भएको छ ।
बाजुरामा बाढिले बेलिब्रिज सँगै सडक लगायत बस्ति बगाएको थियो । बाढीपहिराले बाजुरानै क्षेदबिच्छेद बनाएको १ हप्ता पछि मात्र संघिय सरकारका गृह मन्त्रि राम बहादुर थापा, पुर्व मन्त्रि कर्ण थापा, संघिय सांसद लाल बहादुर थापा शुदुरपश्चिम प्रदेशका आन्तरिक मामिला मन्त्रिको टोलीले अनुगमन गरेको थियो । त्यसको केही समयमा शुदुरपश्चिम प्रदेश सरकारका मुख्य मन्त्रि त्रिलोचन भट्ट सहितको टोलीले बाढीपहिरो अबस्थाको अध्यन गरेको थियो ।
संघिय सरकार र प्रदेश सरकारका उच्च ब्यक्तिहरुको भम्रणको बेला बेलिबिज्र बगाएको ठाँउमा चाडै बेलिबिज्र बनाउने आश्वासन दिएका थिए । हामि दशै भित्र सम्म बेलिबिज्रको निर्माण प्रक्रिया अगाडि बढाएर ढिलोको मंसिर सम्म सञ्चालन गरिसक्ने सार्वजनिक रुपमा अभिब्यक्ति दिएका थिए । पानि कम भएको र उच्च पदाधिकारीले अनुगमन गरेको २ महिना समय बित्नलागि सक्दा पनि बेलिब्रिज बनाउने कुनै अत्तोपत्तो नभएको पाईएको छ ।
गफले त चाडो चाडो बन्छ भन्थे, तर अहिले सम्म कुनै बनाउने योजना र प्रक्रिया नभएको नागरिक समाजका अगुवा शेर बहादुर शाहिले वताएका छन् । सडक डिभिजन कार्यलय साँफेका प्रमुख ललित खनालले भने बेलिब्रिजका लागि केन्द्रमा पहल भइरहेको वताएका छन् । कुरा गरिरहेका छौ, कैलालीको गोदावरीमा स्टोर रहेको बेलिबिज्र ल्याउने त भनेका छौ, तर प्रक्रिया कुनै अगाडि नबढेको वताएका छन् ।
साँफे मार्तडी सडक खण्डको जडाङ्गा सम्म सडक समेत खुलाउने काम भइसकेको छ । बुढिगंगा नदि यता र उता सबै सडक खोलेर सडक सञ्चालनमा आइसकेको छ, बेलिब्रिज बनाउने प्रक्रिया भने अगाडि नबढेको प्रमुख जिल्ला अधिकारी कृष्ण गैह्रेले वताएका छन् । बेलिब्रिज बनाउने भनेका छन्, अब त बाटो पनि खोलिसकेका छौ तर बेलिब्रिज बनाउने प्रक्रिया भने अगाडि नबढेको वताएका छन् ।
बेलिबिज्र बगाएको ठाँउमा पहिला स्थानियले अस्थायि रुपमा तुइन बनाएर वारपार गर्ने गरेका थिए । पछि नेपाली सेना र स्थानियको सक्रियतामा काठेपुल हालेर खच्चर र मानिस आवतजावत गर्ने बनाएको थियो । प्रमुख जिल्ला अधिकारी गैह्रेले भने बुढिगंगा नदिमा पानि फिजाएर गाडि पास गर्ने योजना त गरेका छौ, तर पानिको बहाफ धेरै भएकाले अलि समस्या भएको वताएका छन् । सरकारका उच्च अधिकारी आएको बेला त चाडै निर्माण गर्छौ बेलिबिज्र भनेका हुन, तर अहिले सम्म बनाउने प्रक्रिया नबढेको वताए । २५ गते राति आाएको बाढिले बुढिगंगा नदिमा बेलिब्रिज सँगै झोलुङ्गे पुलहरु समेत वताएको थियो । नदि किनारमा रहेको खेतियोग्य जमिन र बस्ति बगाएको थियो ।

चर्चामा

सम्बन्धित समाचार