शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • स्वास्थ्य तथा जीवनशैली
  • सरकार र डा. केसी पक्षबीच वार्ता सुरु

सरकार र डा. केसी पक्षबीच वार्ता सुरु

  • बिहिबार, अशोज २२, २०७७
सरकार र डा. केसी पक्षबीच वार्ता सुरु

काठमाडौं । सरकारले सत्याग्राही डा. गोविन्द केसी पक्षसँग वार्ता सुरु गरेको छ । शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भर्खरै वार्ता सुरु भएको डा. केसी पक्षका वार्ता समितिका संयोजक डा. जीवन क्षेत्रीले बाह्रखरीलाई जानकारी दिए ।

डा. केसीको वार्ता टोलीमा डा. क्षेत्री, डा. अञ्जनीकुमार झा, अधिवक्ता ओमप्रकाश अर्याल, नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्की सहभागी छन् ।

शिक्षा-सचिव गोपीनाथ मैनाली, स्वास्थ्य मन्त्रालयका सहसचिव जीवराज लोहनी र चिकित्सा शिक्षा आयोगका निर्देशक डा. दिलीप शर्मा सरकारी वार्तामा टोलीमा छन् ।

उता, डा. केसीको स्वास्थ्य अवस्था जटिल बनेको र जुनसुकै समयमा आईसीयूमा राखेर उपचार गर्नुपर्ने देखिएको चिकित्सकहरुले बताएका छन् । तर केसीले कुनै पनि उपचार नलिने अडान लिइरहेका छन् ।

डा. केसीले गत भदौ २९ गते जुम्लाको एक मन्दिरमा सत्याग्रह सुरु गरेका थिए । डा. केसीको माग सम्बोधन गरी सत्याग्रह टुङ्ग्‍याउने वातावरण बनाउन दबाब स्वरुप नेपाल चिकित्सक संघले (आज) बिहीबारबाट देशैभर दुई घण्टा धर्ना कार्यक्रम सुरु गरेका छन् ।

चर्चामा

सम्बन्धित समाचार