शुक्रबार, चैत्र १६, २०८०
  • होमपेज
  • समाज
  • कवाडी खोलामा बेपत्ता भएका आमा र छोराछोरी अझै भेटिएनन्

कवाडी खोलामा बेपत्ता भएका आमा र छोराछोरी अझै भेटिएनन्

  • बिहिबार, अशोज २२, २०७७
कवाडी खोलामा बेपत्ता भएका आमा र छोराछोरी अझै भेटिएनन्

बाजुरा–हिमाली गाउँपालिका ५ को कवाडी खोलामा शुक्रवार दिउसो बेपत्ता भएका सत्ता नेपालीका छोराछोरी सहित ५ जना अझै फेला परेका छैनन् ।
घटना स्थलमा नेपाली सेना, शसस्त्र प्रहरी र जनपत प्रहरीले खोजि कार्य गरिरहेको जिल्ला प्रहरी कार्यलयले बाजुराका प्रहरि प्रमुख मदनजित महराले वताएका छन् । महराले भने खोजि कार्य जारिरहेको छ फेला पार्न नसकेको वताए । अर्को अनुसन्धान भइरहेको छ, आफै हाम फालेको हो, वा नुहाउने बेला बेपत्ता भएको पुष्टि गर्न नसकिएको वताए ।
सत्ताको घर कवाडी खोला नजिकै रहेको छ । उनको घर कवाडी खोला किनारा रहेको छ । दिउसो ति र उनका बच्चा सहित कवाडी खोला रहेको उनकि सासुले देखेको प्रहरी कहाँ खुलेको छ । उनि देखिएको ठाँउबाट कर्णाली नदि २ सय मिटर टाढा रहेको छ । उनि भएको ठाँउ गाँउलले नुहाउने ठाँउ पनि नरहेकोले कतै उनले छोराछोरी सहित हाम फालेको हुन सक्ने स्थानियले वताएका छन् । एक प्रहरी अधिकारीले भने नुहाउने बेला डुबेर बेपत्ता भन्दा पनि हाम फालेको हुन सक्ने वताएका छन् ।
वेपता हुनेमा ३० बर्षिया सत्ता नेपाली उनकी छोरी बर्ष ५ की आरती नेपाली, बर्ष ४ की सन्तोसी नेपाली बर्ष २ का छोरा सम्मान नेपाली र १ बर्षिया छोरी किस्मती नेपाली रहेकी छन् । सासु ससुरा बाट सत्ता नेपालीको परिवार अलग बस्दै आएका थिए । स्थानियका अनुसार सत्ताका श्रीमान धर्म नेपाली बिच दैनिक जसो झै झगडा भइरहने वताएका छन् । घरमा खान लाउन नपुग्ने, धर्म सधै जसो मदिरा खाइरहने भएकाले झगडा हुने गरेको स्थानियले वताए । यसले गर्दा पनि सत्ताले छोराछोरी सहित हाम फालेको हुने सक्ने स्थानिय बताँउछन् । कवाडी नदि किनारामा केही लुगा फेला परेको थियो । एक स्थानियले भने सत्ता र उनका छोराछोरी भएको ठाँउ कुनै नुहाउने ठाँउ नभएको पक्कै पनि उनि हाम फाल्न त्यहाँ गएको हुन्, अर्को उनि पारिवारीक रुपमा निकै तनाब रहेको वताए ।
तर घटना निकै रहस्यमय बनेको छ । शुरुमा नुहाउन गएको बेला डुबेर बेपत्ता भएको खबर सार्वजनिक भएपनि तर कतै सत्ताले छोराछोरी सहित हाम फालेको हुन सक्ने पनि आशंका थालिएको छ ।

चर्चामा

सम्बन्धित समाचार