शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • अर्थ/वाणिज्य
  • हिरोको नयाँ मोटरसाइकल बजारमा

हिरोको नयाँ मोटरसाइकल बजारमा

  • बुधबार, अशोज २१, २०७७
हिरोको नयाँ मोटरसाइकल बजारमा

काठमाडौं– विश्‍वकै मोटरसाइकल र स्कुटरको सबैभन्दा ठूलो निर्माता हिरो मोटोकर्पले आफ्नो लोकप्रिय मोटरसाइकल हिरो ग्ल्यामरलाई नयाँ अवतारमा ल्याएको छ । अद्यावधिक गरिएको सुपर स्प्लेन्‍डर मोटरसाइकल प्रस्तुत गरेलगत्तै कम्पनीले स्टाइलिस हिरो ग्ल्यामर बजारमा उपलब्ध गराएको छ ।

यो मोटरसाइकलको बजार मूल्य दुई लाख २० हजार रुपैयाँ कायम गरिएको छ । यो नयाँ मोटरसाइकल नेपालभर सबै प्रमुख सहरमा रहेका हिरो डिलरसिपमा असोज २३ गतेबाट खरिद गर्न सकिने कम्पनीले जनाएको छ । विश्वसनीयकार्य क्षमता एवं अद्भूत सवारी अनुभवसँगै स्टाइलिस नयाँ विशेषताहरुको संयोजनले भरपूर ग्ल्यामरमा आईबीएस (एकीकृत ब्रेकिङ प्रणाली) जस्तो सुरक्षात्मक विधि थप गरिएको कम्पनीले जनाएको छ ।

यसको स्टाइल उपलब्धि र चमत्कारी स्वरुपमा थप गरिएका अन्य विशेषताहरुमा थ्री डी ब्रान्‍डिङ प्रतिरुप, नवीनतम धर्काहरु, स्प्लिट रियर ग्रिप, हगर फेन्डर र रिम टेपहरुका साथाथै यूएसबी चार्जर पनि रहेको जनाइएको छ । बिक्री शुभारम्भ गर्दै हिरो मोटोकर्पको ग्लोबल बिजनेसका प्रमुख रजत भार्गवले हिरो मोटोकर्पको विश्व व्यापी व्यावसायिक रणनीतिमा नेपालको बजारले एक अर्थपूर्ण स्थान ओगटेको बताए ।

नेपालमा हाल उपलब्ध भइरहेका हिरोका उत्पादनहरुमा एक्सपल्स २००, एक्सपल्स २०० टी, एक्स्ट्रिम २०० आर, एक्स्ट्रिम स्पोर्टस्, एचिभर १५०, एचएफ डिलक्स, स्प्लेन्डर प्लस, स्प्लेन्डर आई स्मार्ट ११०, सुपर स्प्लेन्डर मोटरसाइकलहरु र डेस्टिनी, प्लिजर, प्लिजर प्लस, डुएट, मेएस्त्रो एज् स्कुटरहरु छन् ।

हिरो मोटोकर्पले नेपालमा सन् २०१० देखि नेपाल जनरल मार्केटिङ लिमिटेड (एनजीएम) सँग मिलेर आफ्नो उत्पादनको बिक्री प्रारम्भ गरेको हो । एनजीएम हिरो मोटोकर्पको नेपालका लागि एकमात्र आधिकारिक वितरक हो । हिरोले नेपालमा रहेका २५० सम्पर्क स्थललगायत ७२ डिलरसिप, ८२ सर्भिस केन्द्रहरु र १०० भन्दा धेरै स्पेयर पार्ट बिक्री केन्द्रहरुको बृहत् सन्जालमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।

चर्चामा

सम्बन्धित समाचार