मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • क्रिकेट
  • कोलकातालाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

कोलकातालाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

  • आइतवार, अशोज १८, २०७७
कोलकातालाई हराउँदै दिल्ली आईपीएलको शीर्ष स्थानमा

इन्डियन प्रिमियर लिग (आईपीएल)को १६ औँ खेलमा दिल्ली क्यापिटल्सले कोलकाता नाइट राइडर्सलाई १८ रनले पराजित गरेको छ । शारजाहमा भएको खेलमा दिल्लीले टस हारेर पहिलो ब्याटिङ गर्दै सिजनको सबैभन्दा ठूलो २ सय २९ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटङमा उत्रेको कोलकाताले ८ विकेटको क्षतिमा मात्र २ सय १० रन बनाउन सक्यो ।

जीतसँगै दिल्ली लिगको शीर्ष स्थानमा पुगेको छ । खेलमा ८८ रन बनाएका दिल्लीका कप्तान श्रेयस अय्यर म्यान अफ द म्याच चुनिए । उनले ३८ बलमा ७ चौका र ६ छक्का हिर्काए । त्यस्तै, पृथ्वी शले ४१ बलमा ६६ रनको योगदान दिए भने रिषभ पन्तले ३८ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रेको कोलकाताका लागि नितिष रानाले सर्वाधिक ५८ रनको योगदान दिए । इयोन मोर्गनले ४४ रन बनाए भने राहुल त्रिपाठीले ३६ रनको बनाए । दिल्लीका लागि एनरिच नोर्तजे ले ३ विकेट तथा हर्षल पटेलले २ विकेट लिए । आज मुम्बई र हैदरावाद तथा चेन्नाई र पञ्जाबबीच खेल हुनेछ ।

चर्चामा

सम्बन्धित समाचार