सोमवार, मंसिर ३०, २०८२
  • होमपेज
  • समाचार
  • थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

  • शुक्रबार, अशोज १६, २०७७
थप ११ जना कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या ५२० पुग्यो

काठमाडौं–  नेपालमा शुक्रबार ११ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ५ सय २० पुगेको छ।

आठ वटा जिल्लाका ४ महिला र ७ पुरुष गरी ११ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ  मोरङमा २७, ललितपुरमा ३२ र ७० वर्षीय पुरुष, भक्तपुरमा ६१ र ५१, काठमाडौंमा ६७ वर्षीया महिलाको मृत्यु भएको छ। मकवानपुरमा ७८, रुपन्देहीमा ६०, बाँकेमा ५२ र ५९ वर्षीय पुरुष र सुर्खेतमा ७५ वर्षीया महिलाको मृत्यु भएको छ।

यसअघि बिहीबार नेपालमा ११ जना कोरोना संक्रमितको मृत्यु भएको थियो। नेपालमा कुल संक्रमितमध्ये मृत्यु हुने दर शून्य दशमलव ६५ प्रतिशत छ।

चर्चामा

सम्बन्धित समाचार