बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • अर्थ
  • उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ मा हुने

उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ मा हुने

  • शुक्रबार, अशोज १६, २०७७
उद्योग वाणिज्य महासंघको साधारणसभा मंसिर ११ र १२ मा हुने

नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारी समितिले साधारणसभासम्बन्धी पदाधिकारीको निर्णयलाई अनुमोदन गरेको छ ।

महासंघको ५४औं वार्षिक साधारणसभा मंसिर ११ र १२ गते काठमाडौंमा हुनेछ । एकपटकमा २५ जनाभन्दा बढी भेला नभई स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गरेर चुनाव गर्न सरकारले पनि अनुमति दिइसकेको छ ।

आज बसेको कार्यसमिति बैठकले यसअघि पदाधिकारीले सिफारिस गरेको मिति र चुनावको मोडालिटी अनुमोदन गरेको अध्यक्ष भवानी राणाले जानकारी दिइन् । महासंघको ५४औं साधारणसभा वेबिनारमार्फत हुनेछ भने चुनाव प्रत्यक्ष रुपमा हुनेछ ।

चुनाव जतिदिन लागे पनि सरकारको निर्देशन र स्वास्थ्य प्रोटोकल पूर्ण पालना गरेरै हुने अध्यक्ष राणाले बताइन् । “एउटा भेन्युले हुँदैन । दुई-तीनवटा भेन्युमा चुनाव गर्नुपर्ने हुन्छ । भेन्युको निर्णय भएको छैन, खोज्दै छौं,” उनले भनिन् । गत चैतमा हुनुपर्ने साधारणसभा कोभिड १९ का कारण पटकपटक सर्दै आएको छ ।

चर्चामा

सम्बन्धित समाचार