शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बडिमालिका
  • बाजुरा जिपबाट खसेर घाईते भएका बुढाकाे डाेटीमा मृत्यु

बाजुरा जिपबाट खसेर घाईते भएका बुढाकाे डाेटीमा मृत्यु

  • बुधबार, अशोज १४, २०७७
बाजुरा जिपबाट खसेर घाईते भएका बुढाकाे डाेटीमा मृत्यु

 

बाजुरा — साँफे–मार्तडी राजमार्ग सडकखण्डको रापकमा बुधबार जीपबाट खसेर एक जना गम्भीर घाइते भएका करे बुढाकाे मृत्यु भएकाे छ ।
मृत्यु हुनेमा त्रिवेणी नगरपालिका–५ तोलीका ३५ वर्षीय करे बुढा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक लोकेन्द्रसिं ठगुन्नाले बताएका छन् ।
उनले दिएको जानकारी अनुसार बडीमालिका ननगरपालिका–६ जडाङ्गाबाट मार्तडी आउदै गरेको से १ ज ११४७ नम्वरको जीपमा बसेका बुढा खसेर घाइते भएका र उनकाे उपचारका लागि धनगढी लैजादै गर्दा डाेटी अस्पाताल नपर्याउदै बिच बाटाेमै मृत्यु भईसकेकाे डाेटी अस्पतालले बताएको प्रहरी निरिक्षक ठगुन्नाले बताए ।
घाइते भएका बुढाको जिल्ला अस्पताल बाजुरा उपचार हुन नसकी धनगढी रिफर गरिएको थियाे उनकाे बिच बाटामै मृत्यु भईसकेछ प्रहरी निरिक्षक ठगुन्नाले  बताएका छन् । घाइते बुढाको टाउको र दुबै हातमा चोट लागेको थियाे।

चर्चामा

सम्बन्धित समाचार