मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • समाज
  • ईलाका स्वास्थ्य कार्यालयका कामदारले पैशा नपाएको गुनासो

ईलाका स्वास्थ्य कार्यालयका कामदारले पैशा नपाएको गुनासो

  • बुधबार, अशोज १४, २०७७
ईलाका स्वास्थ्य कार्यालयका कामदारले पैशा नपाएको गुनासो

जीवन कैला– हुम्लाको ताँजाकोट गाउँपालिका वडा नं पाचँको ईलाका स्वास्थ्य कार्यालयको भवन निमार्णमा संलग्न कामदारले रकम नपाएको बताएका छन । २ करोड ८० लाखमा भवन निमार्ण सम्पन्न भई हाल कार्यालय सञ्चालनमा आए पनि अहिले रकम नपाएको कामदारले गुनासो गरेका हुन ।

सिमकोट गाँउपालिका सेभ्न्याका स्थानिय तथा भवन निमार्णको जिम्मा लिएका ठेकेदार गणेश महतले कामदारको २२ लाख ६० हजार रकम भुक्तानि नगरेको खुल्न आएको स्थानिय कामदार वैज्ञानिक शर्माले जानकारी दिनुभएको छ । भवन निमार्णमा खटिएका कामदार मध्य दुई सय वढि कामदारले सो रकम नपाएका हुन । कामदारले काम गरे वाफतको रकम नपाएको र भवन निमार्णको सार्वजनिक सुनुवाई नगरी कार्यालय सञ्चालनमा आएको शर्माले बताउनुभएको छ ।

२०७४ सालमा भवन निमार्णको जिम्मा पाएका ठेकेदार महतले काम सम्पन्न गरी गत श्रावण २० गते देखि कार्यालय सञ्चालनमा आए पनि कामदारको रकम भुक्तानि नभएको पाईएको छ । कार्यालयमा काम गर्ने दुई सय वढि कामदारले भवन सम्पन्न भएको साढे दुई वर्ष विति सक्दा पनि रकम पाउन सकिरहेका छैनन । वडा नं चारका २० जना कामदारले प्रति चट्टा १२ हजारका दरले ढुङगा बोकेको १ लाख १८ हजार रकम अहिले सम्म नपाएको स्थानिय कामदार कृष्णचन्द्र ढकालले बताउनुभयो । त्यस्तै वडा नं पाचँका २ सय कामदार र छतमा काम गर्ने अन्य कामदारको पनि १ लाख १८ हजार रकम पाउन वाकि रहेको कामदार ढकालले बताए ।

ठेकेदार महतले ठेक्का सम्झौता गरी भवन निमार्ण गर्ने जिम्मा लिएका भए पनि समयमा काम सम्पन्न नभएको र कामदारले पनि पाउनु पर्ने रकम नपाएकाले भवन के कति रकममा सम्पन्न भएको हो, त्यसको लेखा जोखा पनि नभएको पाईएको छ । भवनको निमार्ण कार्य सम्पन्न भई गाउँपालिकालाई जिम्मा लगाउनु पर्ने भए पनि अहिले स्थानिय सरकारले भवन नवुझेको गाँउपालिकाले जनाएको छ ।

वडा नं पाचँका वडाअध्यक्ष वर्ख वुढा र ठेकेदार गणेश महतको सहमतिमा मनोमानि ढगंले कार्यालय सञ्चालनमा आएको जनाईएको छ । साविकको मदना गाविसका कामदारले आफुहरुले परीश्रम गरे वाफतको रकम नपाएको गुनासो पोखेका भए पनि हाल सम्म उनिहरुको गुनासो सम्वोधन हुन सकिरहेको छैन । ठेकेदार महतबाट स्वास्थ्य कार्यालयको जिम्मा लिएका वडा नं पाचँ सेरीका आउँसे रोकायाले पनि आफ्नो हातमा पैसा नपरेको स्वीकार्नुभएको छ ।

कुनै पनि कामदारले पाउनु पर्ने रकम र आफुले पाउनुपर्ने रकम समेत ठेकेदार महतले नदिएको उहाँले बताउनुभएको छ । उहाँले भन्नुभयो, ठेकेदार महतले कामदारलाई काम गराउने जिम्मा र भवन निमार्ण गर्ने जिम्मा दिएको भए पनि आफुलाई रकमको जिम्मा नदिएकोे पिडित रोकायाले बताउनुभएको छ । कामदारको लाखौँ पैसा कुम्ल्याएर ठेकेदार महत अहिले सम्पर्क विहिन अवस्थामा रहेका छन। दुई पैँसा कमाई जहान परीवार पाल्ने आसामा काम गरेका कामदारले दिन रात पसिना बगाएको परीश्रम नपाएको गुनासो गरेका छन ।

चर्चामा

सम्बन्धित समाचार