बिहिबार, चैत्र १५, २०८०
  • होमपेज
  • क्रिकेट
  • राशिदको घातक बलिङ सामु दिल्ली निरिह

राशिदको घातक बलिङ सामु दिल्ली निरिह

  • बुधबार, अशोज १४, २०७७
राशिदको घातक बलिङ सामु  दिल्ली निरिह

इन्डियन प्रिमियर लिग (आईपीएल) को ११ औँ खेलमा सनराइजर्स हैदराबादले दिल्ली क्यापिटल्सलाई १५ रनले पराजित गरेको छ । योसँगै टोलीले सिजनको पहिलो जीत हासिल गर्न सफल भएको छ । यसअघि खेलिएका दुवै खेलमा हैदराबाद पराजित भएको थियो ।

हैदराबादको जीतमा स्पीनर राशिद खान र फास्ट बलर भुवनेश्वर कुमार नायक रहे । दुई जना मिलेर ५ विकेट लिँदै दिल्लीलाई सिजनको पहिलो हार चखाए ।

टस हारेर पहिलो ब्याटिङ गर्दै हैदराबादले ४ विकेटको क्षतिमा १६२ रन बनाएको थियो । हैदराबादका लागि जोनी ब्रेस्टोले सर्वाधिक ५३ रनको योगदान दिए भने कप्तान डेभिड वार्नरले ४५ तथा केन विलियमसनले ४१ रन बनाए ।

जवाफी ब्याटिङमा उत्रेको दिल्लीले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १४७ रन मात्र बनाउन सक्यो । दिल्लीका लागि शिखर धवनले सर्वाधिक ३४ रन बनाए । त्यस्तै ऋषभ पन्तले २८ तथा शिमरोन हेटमायरले २१ रन बनाए ।

हैदराबादका लागि राशिदले ३ तथा भुवनेश्वरले २ विकेट लिए । खेलमा राशिद म्यान अफ द म्याच चुनिए । उनले खेलमा मात्र १४ रन खर्चिए । आईपीएलमा उनको सबैभन्दा उत्कृष्ट प्रदर्शन हो । यसअघि उनले तीन पटक मा १९ रन खर्चिएर ३ विकेट लिएका थिए ।

चर्चामा

सम्बन्धित समाचार