बिहिबार, बैशाख १३, २०८१
  • होमपेज
  • समाज
  • धनगढी बाट कोरोना बोकेर जहाजमा कोल्टि पुगेका थिए एक शिक्षक

धनगढी बाट कोरोना बोकेर जहाजमा कोल्टि पुगेका थिए एक शिक्षक

बिद्यालय सञ्चालन हुने भएपछि बाजुरा पुगेका थिए

  • मङ्लबार, अशोज १३, २०७७
धनगढी बाट कोरोना बोकेर जहाजमा कोल्टि पुगेका थिए एक शिक्षक

बाजुरा–स्वामिकार्तिक गाँउपालिका १ साप्पाटाको एक बिद्यालयका शिक्षक कोरोना संक्रमित जहाज चढेर कोल्टि पुगेका थिए । उनि समिट एरको जहाजमा असोज ६ गते कोल्टि आएका थिए । उनले धनगढीमा पिसआर जाँचका लागि असोज ४ गते स्वाब दिएका थिए । उनि रिपोट नआउदै उनि असोज ६ गते समिट एरको जहाजमा कोल्टि आएका थिए ।
संक्रमित शिक्षकले बडिमालिका खबरलाई भनेका छन्, ६ गते कोल्टि पुगेको त्यो बेलुका पिलचौरमा रहेको छापाखानामा बसेको वताए । ७ गते दिउसो बिद्यालय पुगेको हु, साँझ पाँच बजे पोजेटिभ रिपोट आएको वताए । अहिले आफु गाँउपालिकाको क्वारेनटाइनमा बसेको आफुलाई कुनै लक्षण चिन्ह देखा नपरेको वताएका छन् । स‌ंक्रमित शिक्षककाे घर कैलाली रहेकाे छ । उनि बिद्यालय सञ्चालन हुने भएपछि बाजुरा पुगेका थिए ।
उनि आएको जहाजमा २ जना वालबालिका सहित १९ जना बाजुरा आएको नागरिक उडयन कार्यलय कोल्टि बाजुराले जनाएको छ । स्वास्थ्य कार्यलय बाजुराका प्रमुख दयाकृष्ण पन्तले उनि सँग आएकालाइ होम आइसोलेसनमा राखिएको उनिहरुको आरडिटि जाँच गर्ने वताए । तर उक्क्त शिक्षक कहाँ बसेको उनले यो बिचमा कहाँ गएको कुनै पनि जानकारी नलिएको पाईएको छ ।
सार्वजनिक यतायात सञ्चालन सँगै हवाइ सेवा सुचारु गरेपछि बाजुरा पछिल्लो समय कोरोनको उच्च जोखिममा बनेको छ । दशै तिहार आउन लाग्दा जिल्ला बाहिर आउने संख्या बढिरहेको छ ।

चर्चामा

सम्बन्धित समाचार