शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • बडिमालिका
  • त्रिबेणी बचत तथा ऋण सहकारी २० औँ बर्षमा प्रबेश

त्रिबेणी बचत तथा ऋण सहकारी २० औँ बर्षमा प्रबेश

  • मङ्लबार, अशोज १३, २०७७
त्रिबेणी बचत तथा ऋण  सहकारी २० औँ बर्षमा प्रबेश

बाजुरा १३ असोज —  बाजुरा जिल्लाको सदरमुकाम मार्तडीमा रहेको त्रिबेणी बचत तथा  ऋण सहकारी संस्था लिमिटेड १९ बर्ष पार गरेर २० औँ बर्षमा प्रबेश गरेको छ । २० औँ बर्षको बार्षिक उत्सवको अवसरमा चियापान कार्यक्रमको अयोजना गरेको छ ।
कोेरोना महामारीका कारण ठुलो कार्यक्रम गर्न नसके पनी सामान्य चियापान कार्यक्रम गरी मनाएको संस्थाका अध्यक्ष अशोक रावलले बताएका छन । संस्थाले यस बर्ष बार्षिक साधारण सभा पनी गर्न नभएको र बार्षिक उत्सवको अबसरमा सहकारीका बिभिन्न फाँटका पदाधिकारी र ब्यबस्थापन पक्ष बिच अन्तरकृया तथा चियापान कार्यक्रम गरी मनाएको अध्यक्ष रावलले बताएका छन ।
जिल्लामा सबै भन्दा बढि सियर सदस्य समेत रहेको त्रिबेणी बचत तथा ऋण सहकारी संस्थाले हाल बाजुरा साना जलबिद्युत आयोजना पनी संचालनमा ल्याएको ब्यबस्थापक दयाराम पण्डितले बताएका छन । हाल १ हजार ५ सय २२ जना शेयर सदस्य रहेका छन भने १ हजार ५ सय २५ जना साधारण बचत कर्ता रहेको ब्यबस्थापक पण्डितले बताएका छन । त्यसै गरी २०६४ बिद्युत ग्राहक समेत रहेका ब्यबस्थापक पण्डितले बताएका छन ।


बार्षिक उत्सव संस्थाको आफ्नै हलमा संचलन गरिएको सहकारीले जनाएको छ । संस्था अध्यक्ष अशोक रावलको अध्यक्षतामा संचालन भएको कार्यक्रममा सहकारीका शेयर सदस्य पदाधिकारी पत्रकार समेतको उपस्थीती रहेको थियो ।
सहकारीका सचिव जनक थापाले संचालन गरेको कार्याक्रममा संस्थाकी उपाअध्यक्ष उमा रोकायाले स्वागत गरेकी थिइन । त्यसै गरै अध्यक्ष लगायत अथितिहरुले दिप प्रज्वलन गरी कार्यक्रमको उद्धघाटन गरिएको सहकारीका सचिव जनक थापाले बताएका छन ।

चर्चामा

सम्बन्धित समाचार