आइतवार, कार्तिक १६, २०७७
  • होमपेज
  • फुटबल
  • पाँच गोलको थ्रिलरमा रियल विजयी

पाँच गोलको थ्रिलरमा रियल विजयी

  • आइतवार, अशोज ११, २०७७
पाँच गोलको थ्रिलरमा रियल विजयी

भिडियो एसिस्टेन्ट रेफ्री (भीएआर) निर्णायक बन्दा रियल म्याड्रिडले पाँच गोलको थ्रिलरमा रियल बेटिसलाई पराजित गरेको छ । शनिबार राति भएको खेलमा रियल ३–२ गोलले विजयी बनेको हो ।

फेडेरिको भालभर्डेले रियललाई खेलको १४ औँ मिनेटमा अग्रता दिलाएका थिए तर, पहिलो हाफको अन्त्यतिर अलिसा मान्डी र विलियम कालाभारोले दुई मिनेटको अन्तरमा दुई गोल गर्दै बेटिसलाई खेलमा अग्रता दिलाए ।

दोस्रो हाफमा एमर्सनको आत्मघाती गोलको मद्दतले रियल खेलमा फर्कियो । पछि लुका मोर्डिचमाथि प्रोफेसनल फल गरेपछि भीएआरले उनलाई रातो कार्ड देखाएको थियो ।

बेटिसका मार्क बार्टाले ह्यान्ड बल गरेपछि रियलले पुनः भीएआरको मद्दतले पेनाल्टी पायो । खेलको ८२ औँ मिनेटमा कप्तान सर्जियो रामोशले पेनाल्टीबाट गोल गर्दै रियललाई महत्त्वपूर्ण तीन अंक दिलाए । यो सिजन रियलको यो पहिलो जीत हो । पहिलो खेलमा रियल भालाडोलिडसँग रियल गोलरहित बराबरीमा रोकिएको थियो ।

शनिबार भएका अन्य खेलमा भ्यालेन्सिया र हुएस्का तथा गेटाफे र आलाभेसले बराबरी खेल्यो भने रियल सोसिडाडले इल्चेलाई ३–० ले हरायो । यता, बार्सिलोनाले आइतबार भिल्लेरियालको सामना गर्दै सिजनको शुरुवात गर्दैछ ।

चर्चामा

सम्बन्धित समाचार