शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • उद्योग वाणिज्य महासंघलाई मंसिरमा चुनाव गर्न गृहको अनुमति

उद्योग वाणिज्य महासंघलाई मंसिरमा चुनाव गर्न गृहको अनुमति

  • शुक्रबार, अशोज ९, २०७७
उद्योग वाणिज्य महासंघलाई मंसिरमा चुनाव गर्न गृहको अनुमति

नेपाल उद्योग वाणिज्य महासंघलाई मंसिरमा साधारणसभा गर्न गृह मन्त्रालयले सशर्त अनुमति दिएको छ। महासंघले मंसिर ११ र १२ गते साधारणसभा र चुनाव गर्नका लागि गृहमा अनुमति माग गरेको थियो।

विभिन्न शर्तसहित साधारणसभा तथा चुनाव गर्न अनुमति दिने मन्त्रीस्तरीय निर्णय भएको मन्त्रालयले महासंघलाई पठाएको पत्रमा उल्लेख छ। विद्युतीय माध्यमबाट साधारणसभा गर्नुपर्ने तथा मतदान लागि २५ जनाभन्दा धेरै भेला हुन नहुने गृहले निर्णय गरेको छ।

गएको चैतमा हुनुपर्ने साधारणसभा कोरोनाका कारण रोकिंदै आएको छ।  नयाँ नेतृत्व चयन गर्ने यो सधारणसभाबाट हालका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वत: अध्यक्ष हुने छन्। वरिष्ठ उपाध्यक्षका लागि भने यसअघि नै प्यानल घोषणा गरेर व्यवसायीहरु प्रतिस्पर्धामा उत्रिएका थिए।

वरिष्ठ उपाध्यक्षका लागि चन्द्र ढकाल तथा किशोर प्रधानले प्यानल बनाइसकेका छन्।

चर्चामा

सम्बन्धित समाचार