मङ्लबार, बैशाख ११, २०८१
  • होमपेज
  • क्रिकेट
  • आईपीएल : कीर्तिमानी राहुल, फ्लप कोहली

आईपीएल : कीर्तिमानी राहुल, फ्लप कोहली

  • शुक्रबार, अशोज ९, २०७७
आईपीएल : कीर्तिमानी राहुल, फ्लप कोहली

इन्डियन प्रिमियर लिग (आईपीएल) को छैटौँ खेलमा किंग्स इलेभेन पञ्जाबले रोयल च्यालेन्जर्स बैंग्लुरुलाई ९७ रनले पराजित गरेको छ । पञ्जाबका कप्तान लोकेश राहुलले नटआउट रहँदै सर्वाधिक १ सय ३२ रनको इनिङ्ग्स खेले । बैंग्लुरु उनले बनाएको स्कोरसम्म पनि पुग्न सकेन र १७ ओभरमा मात्र १ सय ९ रनमा आउट हुन पुग्यो ।

आईपीएलमा पञ्जाबको यो दोस्रो ठूलो जीत हो । यसअघि सन् २०११ मा बैंग्लुरुलाई नै १ सय ११ रनले हराएको थियो ।

आरसीबीका लागि वासिङ्टन सुन्दरले सर्वाधिक ३० रन बनाए । एबी डिविलियर्सले २८ तथा एरोन फिन्चले २० रन बनाए । पञ्जाबका लागि रवि विश्नोई र मुरुगन अश्विनले ३–३ विकेट लिए ।

२०७ रनको लक्ष्य पछ्याउने क्रममा बैंग्लुरुको सुरुवात निकै खराब रह्यो । उसले मात्र ४ रनमा तीन विकेट गुमाएको थियो ।

पञ्जाबका कप्तान केएल राहुल ११ करोड रुपैयाँसहित टोलीको सबैभन्दा महँगो खेलाडी हुन् । उनले १४ चौका र ७ छक्काको मद्दतले १ सय ३२ रनको शानदारी पारी खेले । यो सिजनको पहिलो शतक हो । उनको शतकको मद्दतले पञ्जाबले ३ विकेटको क्षतिमा २०६ रन बनायो । राहुलको आईपएलमा दोस्रो शतक हो । योसँगै उनी आईपीएलमा सबैभन्दा ठूलो स्कोर बनाउने भारतीय बनाएका छन् ।

त्यस्तै, आईपीएलमा सबैभन्दा चाँडो २ हजार रन पुरा गर्ने खेलाडी पनि बनेका छन् । उनले ६९ खेलमा ६९ इनिङमा यो कीर्तिमान आफ्नो नाम गरेका हुन् । यो रेकर्ड पहिले सचिन तेन्दुल्करको नाममा थियो ।

उता, बैंग्लुरुका सबैभन्दा महँगो खेलाडी विराट कोहली फेरि फ्लप साबित भए । १७ करोड मूल्य रहेका उनले फिल्डिङमा राहुलको दुईवटा क्याच छाडे भने मात्र एक रन बनाउन सके ।

चर्चामा

सम्बन्धित समाचार