शनिबार, बैशाख ८, २०८१
  • होमपेज
  • हिमाली
  • नेपाली काँग्रेसका नेता पाण्डेद्धारा कर्णालीमा र्यारप्टिङ्ग उद्द्घाटन

नेपाली काँग्रेसका नेता पाण्डेद्धारा कर्णालीमा र्यारप्टिङ्ग उद्द्घाटन

  • बुधबार, अशोज ७, २०७७
नेपाली काँग्रेसका नेता पाण्डेद्धारा कर्णालीमा  र्यारप्टिङ्ग उद्द्घाटन
फाइल तस्बिर

राजेन्द्र बहादुर रोकाया — नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य बद्रि प्रशाद पाण्डेद्धारा हिमालि गाउँपालिकाे  नजिकै कर्णाली नदिमा र्याप्टिङ्गको उद्द्घाटन गएिको छ । हिमाली गााउपालिका सहयोग र रारा कर्णाली टुर्सको सहकार्यमा आजदेखी गाउँपालिकामा ¥याप्टिङ्ग संचालन गरिएको गाउँपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लले बताउनुभयो । नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य बद्रि प्रशाद पाण्डेले हिमाली गाउँपालिकाको धुलाचौर देखी राँग्याबिर सम्म डुङ्गा चडेर याप्टिङ्गको उद्द्घाटन गरिएको थियो ।

¥याप्टिङ्ग उद्द्घाटन कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य बद्रि प्रशाद पाण्डेले गाउँमा अबको बिकास भनेको नयाँ आयामबाट गरिने बताउनुभएको छ । आफुले सकेसम्म गाउपालिकाका जनताको सुख दुखमा सधै साथ दिराख्ने नेता पाण्डेले प्रतिबद्धता जनाउनुभएको छ । हिमालि गाउँपालिकाका अध्यक्ष गोबिन्द्र बहादुर मल्लको अध्यक्षतामा संचालन भएको कार्यक्रमको प्रमुख अतिथि नेपाली काँग्रेसका युवा नेता तथा केन्द्रिय सदस्य बद्रि प्रशाद पाण्डे रहेका थिए ।

त्यस्तै पूर्ब भुमि सुधार सहायक मन्त्री जनकराज गिरी, नेपाली काँग्रेसका बरिष्ठ नेता तथा त्रिबेणी नगरपालिकाका नगर प्रमुख रामसिंह रावल, महासमिती सदस्य पदमबहादुर शाही, संगठन बिभाग प्रमुख धनराज पण्डित, नेपाल महिला संघ केन्द्रिय सदस्य जुना दानी लगाएको सहभागिता रहेको हिमाली गाउँपालिका बाटस्थानिय प्रत्रकार रमेश भण्डारीले जानकारी दिएका छन ।

चर्चामा

सम्बन्धित समाचार