बाजुरा — नेपाल वायुसेवा निगमले नेपालगन्ज बाजुरा पनी उडान गर्ने भएकाे छ । अब नेपाल एयरलाइन्सको जहाजबाट भोजपुर, दाङ, ताप्लेजुङ, खानीडाँडा, रुकुम, नेपालगंज, बाजुरा, थामखर्क र फाप्लु विमानस्थलसम्म जान सकिने भएको छ । यि काठमाडौंबाट सिधा उडान हुने गन्तब्य हुन् ।
यी बाहेक रुकुम-नेपालगन्ज-रुकुम, नेपालगन्ज-जुम्ला-नेपालगन्ज, नेपालगन्ज-बाजुरा-नेपालगन्जमा समेत नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ । बाजुरामा प्रत्येक हप्ताकाे बिहीबार उडान गर्ने निगमले सार्बजनिक गरेकाे सेडुलमा उल्लेख गरिएकाे छ ।
निगमले आन्तरिक उडानतर्फ ९ विमानस्थलमा उडान सेवा प्रारम्भ गरेको छ । निगमले उडान तालिका सार्वजनिक गर्दै यस्तो जानकारी गराएको छ । निगमले यात्रुको चाप र मागलाई ध्यानमा राखी कतै हप्ताको ३ दिन, कतै हप्ताको २ दिन र कतै ३ दिन उडान तालिका निर्धारण गरेको जानकारी गराएको छ । उडानका दौरान नेपाल सरकारद्वारा निर्धारित स्वास्थ्यसम्बन्धी मापदण्ड पालना गरिने भएको छ ।
नेपाल वायुसेवा निगमको आन्तरिक तर्फको उडान तालिका
सेक्टर | उडान हुने दिन |
काठमाडौं-रुकुम-काठमाडौंरुकुम -नेपालगंज-रुकुम | आईतवार, बिहीबार |
नेपालगंज-जुम्ला-नेपालगंज | आईतवार |
काठमाडौं-भोजपुर-काठमाडौं | सोमबार, मंगलबार, शुक्रबार |
काठमाडौं -दाङ्ग-काठमाडौं | सोमबार, बुधबार, शुक्रबार |
काठमाडौं-फाप्लु-काठमाडौं | आईतबार, मंगलबार, |
काठमाडौं-थामखर्क-काठमाडौं | बुधबार |
नेपालगंज-बाजुरा-नेपालगंज | बिहीबार |
काठमाडौं-ताप्लेजुङ्ग-काठमाडौंकाठमाडौं-खानीडाँडाँ-काठमाडौं | बुधबार, शनिवार |