शुक्रबार, पुस २६, २०८१
  • होमपेज
  • त्रिवेणी
  • बडिमालिका प्रहरी चौकी पैमाद्धारा अबैध मदिरा बरामत

बडिमालिका प्रहरी चौकी पैमाद्धारा अबैध मदिरा बरामत

  • बुधबार, अशोज ७, २०७७
बडिमालिका प्रहरी चौकी पैमाद्धारा अबैध मदिरा बरामत
फाइल तस्बीर

चक्र बहादुर अएडी — प्रहरी चौकी पैमाले लुकाई छिपाई ल्याईरहेको अबैध बदिरा बरामत गरेको छ । त्रिवेणी नगरपालिका ९ मा रहेको बडिमालिका प्रहरी चौकी पैमा बाट खटिएको प्रहरी हवल्दार भिमसिंह धामिको कमाण्डमा खटिएको टोलिले विशेस सुचनाको आधारमा बाम्का बजार बाट लैजादै गरेको अबैध मदिरा आज राति करिव १२ बजे सु.प्र.प ००१ ज १२४५ नम्बरको जिपमा चेक जाच गर्दा जिप भित्र लुकाई छिपाई ल्याएको अबैध मदिरा ओरेन्ज नामको ७० पेटी मदिरा बरामद गरिएको को बडिमालिका प्रहरि चौकीका प्रहरी हवल्दार भिमसिंह धामिले जानकारी दिए ।
बरामत गरीएको मदिरा त्रिवेणी नगरपालिका वडा नम्वर ८ भानासिलाका ब्यापारी जिवन साउदको नाममा आकाएको बुझिएको प्रहरीले जनाएको छ । बरामत गरिएको अबैध मदिरा निषेधित क्षेत्र त्रिवेणी नगरपालिका ८ भानासिला लिनको लागि ल्याईएको प्रहरीले बताएको छ ।
त्रिवेणी नगरपालिकामा मदिरा बिक्रि बितरण गर्ने अनुति नै नभएकोले सम्बन्धित वडाका जनप्रतिनिधि वडा नम्वर ८ का वडा अध्यक्ष भिमबहादुर थापाको रोहवरमा नागरिक अगुवा प्रहरीले केहि समयपछि नष्ट गरिने बताएको छ ।
चेक जाचका क्रमा बिल जिवन साँउदको नाममा काटीएको तर आदि मदिरा अरुको पनि हुन सक्ने प्रहरीले बताएको छ । पछिल्लो समय लकडाउनमा बाजुरा जिल्लाका मदिरा निशेधित स्थानिय तहहरुमा अबैध मदिरा ओसार पसार धेरै भईरहेको सुचनाको आधारमा चेकजाच गर्दा फेला परेको बताईएको छ । यो भन्दा अगाढी पनि त्रिवेणीमा का अन्य ठाउँमा पनि चेक जाँच गरि मदिरा नस्ट गर्दै आईरहेको बताएको छ । मदिरा त्रिवेणी नगरपालिका वडा नम्वर ८ को बेडुपानि मा बरामद गरिएको थियो छ ।

चर्चामा

सम्बन्धित समाचार