शुक्रबार, बैशाख ७, २०८१
  • होमपेज
  • समाज
  • सामाजिक सेवा दिवसकाे अवसरमा बजार सरसफाइ

सामाजिक सेवा दिवसकाे अवसरमा बजार सरसफाइ

  • मङ्लबार, अशोज ६, २०७७
सामाजिक सेवा दिवसकाे अवसरमा बजार सरसफाइ

बाजुरा —  सामाजिक सेवा दिवसकाे अबसरमा बाजुरामा सरसफाइ अभियान संचालन गरिएकाे छ । गैर सरकारी संस्था महासंघ बाजुराकाे अायाेजनामा सामाजिक सेवा दिवसकाे अवसर पारी सरसफाइ अभियान संचालन गरिएकाे हाे । ४१ अाैँ सामाजिक सेवा दिवसकाे अबसर पारी जिल्ला स्थित सबै सामाजिक क्षेत्रमा काम गर्ने संस्था तथा सामजिक सेवामा लागेका ब्यक्तीहरूकाे सक्रियतामा सरसफाइ अभियान गरिएकाे गैसस महासघं बाजुराका अध्यक्ष अग्नी शाहीले बताए । अाज साँझ लाेकतान्त्रीक चाेकमा दिप प्रज्वलन गरिने अध्यक्ष शाहीले बताएका छन ।

नेपाल र नेपाली समाजको सर्वाङ्गीण विकासको लागि समाज कल्याण कार्य तथा समाज सेवासँग सम्बन्धित विभिन्न क्रियाकलापलाई विकास निर्माण कार्यहरूसँग सम्बद्ध गराई समाजका कमजोर तथा असहाय व्यक्ति, वर्ग र समुदायलाई मानवोचित जीवनयापन गर्न सक्षम तुल्याउन गठन गरिएको सामाजिक सेवा राष्ट्रिय समन्वय परिषद्को उत्तराधिकारी संस्था समाज कल्याण परिषद्ले असोज ६ गते वार्षिकोत्सवको रुपमा सामाजिक सेवा दिवस मनाउने गर्दछन ।


गैरसरकारी संस्था र यसमा आवद्ध समाजसेवीहरुको मनोवल बढाउन र यस क्षेत्रमा लाग्न अभिप्रेरित गर्न एवम् सामाजिक क्षेत्रमा भए गरेका क्रियाकलापहरुलाई आमजनमानसमा पु-याउने माध्यमको रुपमा वि.सं. २०३६ सालदेखि प्रत्येक वर्ष असोज ६ गते कार्यको थालनी भएको भन्दै यस दिवसको मुख्य उद्देश्य समाज सेवाको क्षेत्रमा उत्कृष्ट र उदाहरणीय कार्य गर्ने रहकाे गैरसरकारी सामजीक क्षेत्रका अगुवाहरू बताउछन ।

चर्चामा

सम्बन्धित समाचार