• होमपेज
  • बडिमालिका
  • महत परिवारले स्वर्गिय आमाकाे नाममा अक्षय कोष स्थापना

महत परिवारले स्वर्गिय आमाकाे नाममा अक्षय कोष स्थापना

  • मङ्लबार, अशोज ६, २०७७
महत परिवारले स्वर्गिय आमाकाे नाममा अक्षय कोष स्थापना

बाजुरा–  बडिमालिका नगरपालिका वडा न २ का वडाअध्यक्ष डम्मर महत र उनकाे परिवारकाे तर्फबाट आमाकाे ४५ दिने पुण्य तिथी तथा सामाजीक सेवा दिवसकाे अबसर पारी बिद्यालयमा अक्षय काेषकाे स्थापना गरेका छन । गत साउन २५ गते राति बुढीगंगा नदिमा आएको बाढीले बगाउँदा मृत्यु भएकी महतद्धयकी आमा बडीमालिका नगरपालिका २ घागरकी ६७ वर्षिया ऐसेनी महतको नाममा सत्यवादी माविमा अक्षय कोषको स्थापना गरिएकाे हाे  ।

स्वग्रीय महतको मंगलबार परेको ४५ औं दिने तिथि तथा सामजिक सेवा दिवसको अवसरमा मृतक महतका श्रीमान महाविर महत र छोराहरु डम्बर महत, कर्ण महत र प्रेम महत परिवारले सत्यवादी माविका प्रधानाध्यापक मानबहादुर हमाललाई २८ हजार ७ सय नगद हस्तान्तरण गरेकाे  प्रेम महतले जानकारी दिएका छन ।

महत परिवारको उक्त अक्षय कोषबाट विद्यालयमा अध्ययनरत जेहेन्दार विद्यार्थीलाई सहयोग गरिने महत परिवारले जनाएकाे छ । मृतक ऐसेनी महतको नाममा स्थापना गरिएको अक्षय कोषमा विध्यालयका तर्फबाट समेत केही रकम थप गर्ने र सो रकमको व्याजवाट बालवालिकाहरूलाई सहयोग गर्ने प्रधानाध्यापक मान बहादुर हमालले बताएका छन् ।

मृतक ऐसेनि महतका जेठा छोरा डम्बर महत बडीमालिका नगरपालिका २ का वडा अध्यक्ष हुन् । त्यस्तै माईला छोरा कर्ण महत उद्योगी र कान्छा छोरा प्रेम महत बडीमालिका नगरपालिकामा कृषि प्राविधिककाे रूपमा काम गर्दै अाएका छन ।

महत परिवारका सदस्यहरूले विगत लामो समय देखि सामाजिक सेवा गर्दै आएका छन् । आगामी दिनमा पनि आमाको वार्षिकि तिथि लगायत अन्य स्मिृतिमा विद्यालयका लागि स्थापना गरेको अक्षय कोषमा आर्थिक श्रोत थप्दै जाने बडीमालिका नगरपालिका २ का वडा अध्यक्ष डम्बर महतले बताएका छन् ।

चर्चामा

सम्बन्धित समाचार