बुधबार, बैशाख १२, २०८१
  • होमपेज
  • समाज
  • बुढीगंगामा मदिरा सेवन गरेको भेटिए ५ हजार जरिवाना

बुढीगंगामा मदिरा सेवन गरेको भेटिए ५ हजार जरिवाना

  • मङ्लबार, अशोज ६, २०७७
बुढीगंगामा मदिरा सेवन गरेको भेटिए ५ हजार जरिवाना

बाजुरा– बुढिगंगा नगरपालिकामा मदिरा सेवन गरेको भेटिएमा ५ हजार जरिवाना तिनुपर्ने रहेको छ । नगरपालिका भित्र सेवन गरेको भेटिएमा ५ हजार जरिवाना गराउने ब्यबस्था छ भने बिक्रि गर्नेलाई १५ हजार जरिवाना गराउने गरेको नगरप्रमुख दिपक बिक्रम शाहले वताएका छन् ।
आर्थिक बर्ष ०७५।०७६ बाट नगरपालिकाले पुर्ण रुपमा मदिरा निषेधित नगरपालिका घोषणा गरेको थियो । नगरसभा बाट पास गरेर मदिरा पुर्ण रुपमा बन्द गर्ने, सेवन गर्ने र बिक्रि गर्नेलाई कार्यवाहि गर्ने निर्णय गरेको थियो । मदिराका कारणले समाजमा बिभिन्न खाले हिंशाका घटनाहरु, समाजमा झै झगडा बढने, अपराधि क्रियाकलाप बढने भएकाले मदिरा बन्द गरेको नगरप्रमुख शाहले वताएका छन् ।
गत असार महिना सम्म ७२ जना सेवन गर्ने र ७ जनालाई बिक्रि गरेको भेटिएकालाई जरिवाना गरेको नगरपालिकाले जनाएको छ । जरिवाना बाट २ लाख ४८ हजार ५ सय जरिवाना संकलन भएको नगरपालिकाको स्टोर शाखाका कर्मचारी बसन्त थापाले वताएका छन् । नगरपालिका भित्र बिक्रि बितरण तथा बिक्रिका लागि भेटिएको मदिरा भने सबै नष्ट गर्ने गरेको छ । १५ लाख मुल्य भन्दा बढिको मदिरा जफत गरेर नष्ट गरेको नगरपालिकाले जनाएको छ ।
बाजुराको सबै भन्दा बढि जनसंख्या भएको नगरपालिका बुढिगंगा हो । अर्को साँफे मार्तडी सडक खण्ड यहि नगरपालिका भएर सदरमुकाम मार्तडी जाने गरेको छ । बाहिर बाट ल्याएर नगरपालिकाको बाटो बाहिर जाने मदिरालाइ जान दिन गरेका छौ, नगरपालिका भित्र भने पुर्ण रुपमा बन्द गरेको बुढिगंगा नगरपालिका कार्यपालिका सदस्य प्रबक्ता माया शाहले वताएकि छन् ।
नगरपालिकाले मदिरा बन्द गरेको निर्णय राम्रो रहेको महिला अधिकारकर्मी रुखमणि शाहले वताईन् । बन्द त गरेको छ, अझै ब्यबस्थापन गर्न नसकेको बताईन् । मदिरा बन्द हुदा महिला हिशांका घटनाहरुमा कमि भएको वताईन् । लुकिछिपि अझै बिक्रि बितरण भइरहेको छ, यसमा प्रहरी नगरपालिकाले नियन्त्रणमा थप लाग्नुपर्ने वताईन् । बाजुराका बडिमालिका, बुढिनन्दा नगरपालिका र गौमुल गाँउपालिका भन्दा बाहेक ६ वटा स्थानिय तहमा मदिरा बन्द गरिएको छ । मदिरा बन्द गरेको भएपनि जनप्रतिनिधि नै मदिरा सेवन गरेको भेटिने गरेको प्रहरीले वताएको छ ।

चर्चामा

सम्बन्धित समाचार