आज देशमा शम्बिधान दिबसको रुपमा मनाईदैछ। कसैले बिगत देशको शम्बिधानका प्रतिमात्र होईन राष्ट्रीय झण्डा समेत पोलेका पनिहुँन।
देशभित्र आफुलाई कम्युनिष्ट भनेर नथाक्ने ओली र प्रचण्डको दुई तिहाई बहुमतको सरकारछ।ओली २०२८सालको झापा बिद्रोही जस्ले जमिदारहरु बाट जमिन खोसेर जस्को जोत उसैको पोत गराउँने भन्दै कयौँ जमिदारलाई जनकार्वाही समेत गरेका मध्य हुँन भने प्रचण्ड नौलो जनवाद यानिकी कृषी क्रान्तिको लागि भन्दै दशबर्ष बनवास बसेका र हजारौँ युवाहरुलाई बलि चडाएका मध्य हुँन।
हुँनता उनिहरुले यति बेला पनि समतामुलक समाजवाद अनमुख सरकार भनेर घोषणा गरेकाछन,तर जस्तो घोसणा गरेकाछन त्यस्को ठिक उल्टा ब्यबहारीक अबस्था छ।यो मैलेमात्रै होईन देशका तिनकरोड नागरिकहरुले प्रष्ट देखेकाछन।अहिले संसारमा कोरोना कै कारण लकडाउँन मा कयौँ नेपालीहरुको अबस्था संसारभरीमा कसैको नभयको अबस्थामा थियो र अँझैपनि उस्तैछ।देशमा रोजगारको ब्यबस्था छैन परिणाम बिदेशबाट देशभित्र फर्केका युवाहरु आज फेरी हजारौँको ताद्दातमा बिदेश फर्किन बाध्य भयकाछन।बिदेशमा लगातार आत्म हत्या गर्दै आएका समाचार सरकार सम्म पुग्दैन कि?वा सरकारले कुनैपनि चासो लिएको होईन,यो अध्यायधको बिषयहो।
रह्यो शम्बिधानको बिषय त्यसलाई हामिले आलोचनात्मक समर्थन गर्दै आएकाछौँ।
देशमा २००७सालको घटना पछि जनताले तजुर्मा गरेनुसारको सम्बिधान सभा द्वौरा देशको सम्बिधान हुँने त्यो बेलाका राजा त्रिभुवनले भने जस्तै जनताको त्यो माग बडो मुस्किलले लग भग साढे छे दशक पछि पुरा भयो।२००७साल र २०७२सालको बिचमा जनताहरुले कयौँ आन्दोलन गरे हजारौँ देशभक्तहरु शहिद भए।
२०६४चैत्र२८गते निर्वाचित सम्बिधान सभाको चुनाव भयो।दोस्रो पल्टको निर्वाचित पछि १६फागुन२०६४मा अन्तरीम सम्बिधान लाई संसोधन गरे आठ बुँदे समझ्दारी गरी संघियता लाई भित्राईयो।जो२०६३मागमा मधेशवादी आन्दोलनको परिणाम थियो।
सम्बिधान अश्विन ३गतेमा तत्कालीन राष्टपती रामवरण यादवले हस्तक्षेर गरेर घोषणा गरेका हुँन।वास्तबमा दोस्रो सम्बिधान सभाको बैठकको दुई तिहाई भन्दापनि बढी मतले ३०भाद्र२०७२मा पारित गय्रो त्सपछि अध्याक्ष सुभाष चन्द नेवाङले हश्तक्षेर गरेर सदनले १अश्विनमा पारित गय्रो।र तिन गते तत्कालिन राष्टपति द्वारा घोषणा गरियो।सम्बिधानमा संघियता लाई समाबिष्ट गरेर घोषणा भयपछि त्यसको बिरोध सुरुभयो।
यध्यापी नेपालमा भयका यो भन्दा पहिलेका सम्बिधान भन्दा यो उतकृष्ट हो।नेपालको पहिलो संहिता बद्ध सं म्बिधान कानून बिस.१९१०मा जंग बहादुर राणाले मुलुकी ऐन घोषणा गरेका भए पनि सम्बैधानीक बिकासको सुरुवात२००४को बैधानिक कानून बाट भयको पाईन्छ।२००७सालको अन्तरिम बिधान फागुन७गते,संसदिय साशन प्रणालिअनुरुपको,२०१९,
पुषको १गते घोषणा २०४७यिनि सबै भन्दा ईतिहाशकै प्रगतिशिल सम्बिधान २०७२ले संघियता लाई न ल्याएको भय देशको बिकास हुँने सबैको अनुमान थियो।
तर अहिले त्यो संघियताकै कारण सम्बिधान जनताले निर्मणा गरेरपनि जनाधिकार प्राप्त नभएको महेशुर्ष भयकोछ।
सम्बिधान सभाका ६०१जना लाई आठ बर्ष लामू अबस्था सम्म पाल्दा देश कंगालनै भयको थियो।अहिले शम्बिधान निर्माण भयपछि १३५जना मत्रि आठौटा सरकार र नौवटा संसद अनि८८४जाना साँसद हरुलाई पालेकाछौँ।देशमा २७६नगर पालिका,४६०गाउँ पालिका ,७७जिल्लामा ६महानगर पालिका,११उपमहानगर पालिका,यहि अनुपातमा कर्मचारीहरु लाई पाल्नु पर्दा देशको कुन गति भयको होला आफै अनुमान लगाउँ।
देशको आर्थिक अबस्था पहिलेई नाजुकछ देश आत्मनिर्भर छैन बरु बिदेशबाट आउँने रेमिटेन्सको भरमा चलेकोछ।त्यसैको परिणाम देशमा सम्बिधान आएर पनि त्यसलाई संस्थागत गर्न अपठ्यारो परेकोहो।तर सरकारले यो देशमा जबर्जस्ति त्यो संघियतालाई लागु गर्न खोज्दा देश भयानक दुरघटनाको सिकार हुँने टड्कारो देखिन्छ।
हाम्रो देशमा संघियता कुनैपनि अबस्थामा ठिक छैन।बरु देशमा प्रजातान्त्रिक बिक्रेन्द्रियतामा आधारीत एक आत्मक राष्ट्रिय प्रणालि हुँनु पर्छ।देशमा सम्बिधान सभा द्वारा सम्बिधान निर्माण भयपछि देशले बिकास को अनुभुती गर्न सकेन जस्ले गर्दा प्रतिगामिहरुको चलखेल बढेर गयकोछ।हामिले यो सम्बिधानलाई जोगाउँने भन्दापनि सम्बिधान बाट संघियता लाई हटाउँन शंघर्ष गर्नु पर्नेमा जोड दिन्छौ।तरपनि सम्बिधानलाई अनाब्यस्याक रूपमा अपमान गर्ने झण्डा पोल्ने जस्ता कृयाकलापको घोर बिरोधपनि गर्दछौँ।आज पाँच बर्ष पुरा गरेको अबस्थामा देश बिदेशमा रहनु भयका नेपाली सन्ताशलाई शम्बिधान दिवसको हार्दिक शुभ कामनाछ।