शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • राजनीति
  • कोरोना नियन्त्रणमा सरकारको लाचारीपनः डाक्टर केसी

कोरोना नियन्त्रणमा सरकारको लाचारीपनः डाक्टर केसी

  • शनिबार, अशोज ३, २०७७
कोरोना नियन्त्रणमा सरकारको लाचारीपनः डाक्टर केसी

दयाराम पण्डित —  “प्रजातान्त्रिक विचार समाज”का केन्द्रीय अध्यक्ष डाक्टर केदार नशिंह केसीले कोरोना संक्रमण नियन्त्रणमा सरकारको लाचारीपन भएको बताए ।अध्यक्ष केसीले उक्त अभिब्यक्ती प्रजातान्त्रिक विचार समाजशुदुरपश्मिप्रदेश समितीको शनिवार सम्पन्न प्रथम अबिधेशनको वयभिङ्ग कार्यक्रममा बताए ।
खाद्यन्न , शिक्षा, स्वास्थय लगायतका आधारभुत आबस्यकता नागरिकका संविधान मौलिकहक अन्तगत पर्दछन् । कोरोना नियन्त्रणका नाममा करोडौं रुपैंया खर्च गरेको छ । तर कोरोना १९को संक्रमण तीब्र रुपमा फैलिरहेको छ । यति वेला कोरोना माहामारीका कारणले जनता भोक भोकै बस्दा पनि सरकारले कुनै ठोस योजना ल्याउन नसकेको आरोप लगाएका छन । दैनिक हजार वढिको संख्यामा कोरोना संक्रमित देखापरेका छन् । करोडौं रुपैँया खर्च भएको छ । सरकारी खर्च बढिरहेको छ । तर, नागरिकले कोरोना संक्रमणवाट बच्न कुनै राहत महशुस गर्न नसकेको गुनासो गरेेका थिए ।
त्यसै गरी नेपाली नागरिकले राजनीतिक स्थायित्वका लागि पटक पटक लडाई लड्यौं तर,जनाताले लोकतन्त्र शुुसानको प्रत्याभुति गर्न नपाएको उनले बताए । देशमा साँसद अपहरण देखि अराजक गतिविधी मात्र बढेका छन् । सरकारका यस्ता गलत प्रवित्ती रोक्न लोकतन्त्रको संरक्षण र संविधानको अक्षरसः पालना गर्न लोकतन्त्र वादीले निश्पक्षरुपमा पैरबी  गर्ने बेला आएको छ । समाजका अध्यक्ष केसीले भने । देशमा अलोकतान्त्रिक पार्टीको हावी भएकोले नेपालको संविधान २०७२ लाई अक्षरस : पालना गर्न ,कोभिड १९ वाट आक्रान्त नेपालीलाई राहत महसुस गराउन र लोकतान्त्रिक पद्यतीलाई अारक्षण राख्न र सरकारका अराजक गतिबिधी रोक्न विचार समाज शसक्त रुपमा लाग्ने वताइएको छ।
त्यसैगरी वरिष्ठ पत्रकार एबं प्रजातान्त्रिक विचार समाजका वरिष्ठ उपाध्यक्ष कुलचन्द्र वाग्लेले नेपालको संविधान २०७२ पाँचवर्ष पुगेको अवसरलाई आजको दिन“गुरुत्व”दिएका छन । लोकतान्त्रिक समाजवाद र कम्युनिष्ट समाजवादमा भिन्नता रहेको बताउदै अहिले देशमा कम्युनिष्टको सरकारले गैह्र लोकतान्त्रिक आचरणवाट सरकार सञ्चालन गरेको टिप्णी गर्नुभएको छ।संविधान प्रत्तलोकतान्त्रिक आचरण अनुकुलको समाजवाद लुकाएर आफु अनुकुलको समाजवादकोे ब्याख्या नगर्न सरकारलाई पत्रकार वाग्लेले आग्रह गरेका छन।
प्रजातान्त्रिक विचार समाज नेपाल सुदुरपश्चिम प्रदेशले आयोजना गरेको वयभिङ्ग कार्यक्रममा शुभकामना दिनेमा केन्द्रीय महासचिव गोकर्ण अर्याल, महिला वरिष्ठ उपाध्यक्ष डाक्टर विमला शाक्य, उपाध्यक्ष डाक्टर ईश्वरी राज लौडारी केन्द्रीय सदस्य बासुदेभ भण्डारी, डा. बीरबहादुर कार्की, सिवि मल्ल, एक नं प्रदेश संयोजक बदीता माङ्ग, २ नं प्रदेश संयोजक चुन्नीशरण यादव, गण्डकी प्रदेश संयोजक एबं प्रविधि संयोजन कर्ता डाक्टर अक्कलदेभ मिश्र, ५ नं प्रदेश संयोजक शंकर दिवस मजगैयाँ, र नवनिर्वाचित सुदुरपश्चिम प्रदेश संयाजक लक्ष्मीराज पण्डित , सल्हाकारहरु र शुदुर पश्चिम प्रदेशका नौ वटै जिल्लाका जिल्ला अध्यक्षहरुले शुभकामना मन्तब्य राखेेकका थिए । लोकतन्त्र खतरामा पर्दा आ—आफ्नो क्षेत्रबाट विचार प्रबाहको माध्याम वाट रक्षा गर्ने प्रतिवद्धता जाहेर गरेका छन् ।

प्रजातान्त्रिक विचार समाज शुदुर पश्चिम प्रदेश सँयोजक प्राध्यापक डाक्टर लक्ष्मीराज पण्डितको अध्यक्ष्तामा गठित १५ सदस्यीय प्रदेश कार्यसमितीलाई आजै केन्द्रीय समितीले अनुमोदन गरेको कार्यक्रमका प्रमुख अध्यक्ष एबं केन्द्रीयअध्यक्ष डाक्टर केदारनर्सिं केसीले बताएका छन। प्रदेश कार्यसमितीमा बेदराज जोशी सचिव, सामसिंह मौनी कोषाध्यक्ष,नौवटै जिल्लाका अध्यक्ष पदेन सदस्य रहने छन् । प्रदेश सल्लाहकारमा डाकटर भोजराज पन्त , शुरेन्द्र चन्द, धर्मदेब भट्ट, योगयराज पाठक, टेकराज जोशी, लाई सर्बसम्मत चयन गएिको बताइएको छ । नवगठित समितिकाअध्यक्ष पण्डितले निकट भविश्यमा शुदुर पश्चिममा बौद्धिक भेलाको आयोजना गरी लोकतन्त्रको रक्षाका निम्ती बैचारिक वहस छलफल चलाउने प्रतिवद्धता जाहेर गरेका छन। कार्यक्रममा देशभरीका सय बढी लोकतन्त्रवादीबौद्धिक ब्यक्तीत्वको सहभागिता रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार