शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बुढीगंगा
  • सामाजिक अभियान्ता गोपाल बुढाको पहलमा १२ बिपन्न परिवारलाई राहात वितरण

सामाजिक अभियान्ता गोपाल बुढाको पहलमा १२ बिपन्न परिवारलाई राहात वितरण

  • शुक्रबार, अशोज २, २०७७
सामाजिक अभियान्ता गोपाल बुढाको पहलमा १२ बिपन्न परिवारलाई राहात वितरण

बाजुरा २ असोज– बुढिगंगा नगरपालिका १० का युबा नेता तथा सामाजिक अभियान्ता (बोल्न्या थलि बाजुरा जिल्ला कमिटि सदस्य) स्वयम् सेवक संघ जिल्ला कमिटि बाजराका सदस्य गोपाल बुढाको पहल वडाका १२ आर्थिक बिपन्न परिवारलाई राहात बितरण गरेका छन् । प्रति परिवार २५ किलो चामल, २ किलो दाल, २ किलो नुन र १ लिटर तेल राहात बितरण गरिएको कताएको छ ।
दैनीक रुपमा ज्याला मज्दुरी गरेर साझ बिहानको छक टार्न र बालबालिकाको पढाई गराई रहेका अर्थिक रुपमा बिपन्न परिवारलाई बिदेशमा बस्ने नेपालीहरुसंग समन्वय गरेर राहात बितरण गरिएको बुढाले बताए ।

वडाका बिपन्न परिवारको समस्य बारे बिदेशमा बस्ने मनकारीहरुले सहयोग गरेकोले सहयोगीहरुलाई बिपन्न परिवारी सदस्य बनी साउदले धन्यबाद दिईन ।
छिमेकीका र स्थानिय बजारहरुमा दैनीक ज्याल गरि परिवार पाल्ने गरेको थिए लकडाउले कामै बन्द भएपछि छाक टर्न समस्य भएको थियो यो राहातले केही दिनको लागि समस्य समाधन हुने भएको दिनेश नेपालीले बताए ।

अभियानलाई सहयोग गर्ने विपिन साउद अनिल, बुढा, हरिस साउद र अनेरास्ववियु कैलाली(बाजुरा सम्पर्क मञ्जका उपाध्यक्ष , अनेरास्ववियु कैलाली बहुमुखि क्याम्पस कमिटी सदस्य पुर्णराज जैशीलाई विशेष धन्यवाद दिएका छन् ।
राहात पाउनेमा बुढीगंगा नगरपालिका १० का दिनेश नेपाली, बनी साउद, न्रमा साउद, खन्टि न्यौपाने, अमृता साउद, रम्भा लुहार, मिना लुहार, फकिरे नेपाली, नरु लुहार, गोरे बुढा, नन्दा लुहार, तुला देवी साउद गरि १२ परिवारलाई रहेका छन् ।
राहत वितरणमा बुढिगंगा नगरपालिका १० का वडा सदस्य भोलाराम जोशी ,पुर्व नेकपा एमाले बाह्रबि गाबिस सचिब दान बहादुर बुढा, नेपाली काङ्ग्रेस वडा कार्य समिति सचिब मिथुन साउद, समाज सेवी शंकर साउद , युवा समाजसेवी भरत बुढाको उपस्थिति रहेको थियो ।

चर्चामा

सम्बन्धित समाचार