शुक्रबार, बैशाख १४, २०८१
  • होमपेज
  • बाजुरा बिशेष
  • बाजुराको हिमालीमा बाढिपहिरो : ३ जना सम्पर्क बिहिन, बिस्तृत जानकारी आउन बाँकी

बाजुराको हिमालीमा बाढिपहिरो : ३ जना सम्पर्क बिहिन, बिस्तृत जानकारी आउन बाँकी

  • शुक्रबार, अशोज २, २०७७
बाजुराको हिमालीमा बाढिपहिरो : ३ जना सम्पर्क बिहिन, बिस्तृत जानकारी आउन बाँकी

बाजुरा जिल्लाको हिमाली गाउँपालिका वडा न ५ मा गए राती परेको अबिरल बर्षाका कारण लाखौको क्षेती बनाएको छ । अबिरल बर्षासंगै सुप खोलामा आएको बाढिले छानाहरु घट्टहरु बगाएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । सो बाढि आएपश्चात सोही ठाउँका ३ जना सम्पर्क बिहीन रहेको खवर आएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रबत्ता तथा प्रहरी निरीक्षक लोकेन्द्रसिहं ठगुन्नाले बताएका छन ।
माछा मार्न खोलामा गएका ३ जना मान्छे सम्पर्कमा नआएको र प्रहरीको टोली घटना स्थलमा गएको छ बिस्तृत बिबरण आउन बाकी रहेको प्रहरी निरीक्षक ठगुन्नाले बताएका छन ।

बाढीकै कारण खोला नजिकै रहेका ३ वटा आधुनिक, ४ वटा साधा घट्ट र ३ वटा काठेपुल पनि बगाएको छ । अविरल वर्षासंगै सो खोलामा आएको बाढीले स्थानीयका १० वटा घर र ५ वटा छाना सहित पाक्न लागेको धानबाली र कोदो समेत बगाएको प्रहरीले जनाएकाे छ ।

चर्चामा

सम्बन्धित समाचार